Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना सङ्क्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन

कोरोना सङ्क्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन

दैनिकी न्यूज

१८, जेठ २०७८
कोरोना सङ्क्रमणबाट त्रिविका २३ जना कर्मचारीको निधन
images

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताउनुभयो ।

सहप्राध्यापकद्वय किशोर महर्जन र डा। शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दीपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक शिक्षकमा मनोज चौरसिया र नवीन कर्णको सङ्क्रमणका कारणले निधन भएको छ ।

त्रिविले अहिलेसम्म ६१६ जना शिक्षक, कर्मचारी सङ्क्रमित भएको जनाएको छ । त्रिविले सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सबै परीक्षा स्थगन गरेको छ । सङ्क्रमणका कारण त्रिविका ७९ शिक्षण एकाइले पूर्णरुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले जानकारी दिनुभयो ।

आंशिक अनलाइन कक्षा सञ्चालन भएकोमध्ये ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशतभन्दा बढी कक्षा भइरहेका छन् । त्रिवि चार वटा निकायमा अनलाइन कक्षा सञ्चालनको तयारीमा छ । रासस

images
प्रकाशित मिति :जेठ १८, २०७८ मंगलवार - ०६:२६:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology