Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

दैनिकी न्यूज

११, आषाढ २०७८
बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार
images

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरी मासिक रु १५ हजार पु¥याउने जनाएको हो ।

यस्तै गाउँपालिकाले शिक्षकहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पठनपाठनलाई प्रभावकारी बनाउनका लागि शिक्षकहरुको क्षमता वृद्धि गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष केशर मेन्याङ्बोले बताए ।

गाउँपालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउदै लगिने र त्यसका लागि विद्यालयहरुमा इन्टरनेटलगायतका विद्युतीय सामग्री जडान गरिने भएको छ । विद्यार्थीको शारीरिक र बौद्धिक क्षमता विकासका लागि विभिन्न खेलकुद कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्ने गाउँपालिकाले जनाएको छ ।

पालिकाको बिहीबार सम्पन्न १० औँ गाउँसभामा आगामी आर्थिक वर्षका लागि रु ४२ करोड २९ लाख ६८ हजार २९० को बजेट प्रस्तुत भएको छ । रासस

images
प्रकाशित मिति :आषाढ ११, २०७८ शुक्रवार - ०८:२०:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology