Logo

आइतवार, श्रावण २४ गते २०८३

images

विभिन्न तहका स्थगित परीक्षाफल असारभित्रै

विभिन्न तहका स्थगित परीक्षाफल असारभित्रै

दैनिकी न्यूज

२३, आषाढ २०७८
विभिन्न तहका स्थगित परीक्षाफल असारभित्रै
images

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । स्नातकोत्तर तहमा भर्ना चाँडै सुरु गरिने जनाइएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने बताए। स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयले वैशाखमा खुलाउने भनेको स्नातकोत्तर तहको नयाँ भर्ना यसै साता मात्रै खुलाएको छ । अनलाइन माध्यमबाट स्नातकोत्तर तहमा नयाँ भर्ना खोलिने भएको हो । थोरै विद्यार्थी भएको विभागमा भौतिक रूपमा समेत भर्नामा सहभागी हुन सकिने छ । विश्वविद्यालयको स्नातकोत्तर तहको नयाँ कार्यक्रम तीन महिनापछि धकेलिएको छ । यसअघि वैशाखमा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्ने योजना बनाइएको थियो । आजको गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :आषाढ २३, २०७८ बुधवार - ०७:१२:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology