Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कक्षा १२ का परीक्षा सञ्चालन गर्न सिसिएमसीले दियो अनुमति

कक्षा १२ का परीक्षा सञ्चालन गर्न सिसिएमसीले दियो अनुमति

दैनिकी न्यूज

५, श्रावण २०७८
कक्षा १२ का परीक्षा सञ्चालन गर्न सिसिएमसीले दियो अनुमति
images

काठमाडौं । कक्षा १२ को परीक्षा सञ्चालनका लागि कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सर्तसहित अनुमति दिएको छ । सिसिएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर मंगलबार परीक्षाको दिनबारे निर्णय गर्दै छ ।

शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सिसिएमसीबाट कक्षा १२ को परीक्षा सञ्चालनका लागि सर्तसहित अनुमति पाएको बताए । सचिव थपलियाले भने, ‘पत्र आएको छ, बोर्ड बैठक बसेर परीक्षाको समय निर्णय गर्छौँ ।’ कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।

गत जेठमा तय गरेको परीक्षा कोभिड— १९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो । बोर्डले कम्तीमा तीन हप्ताको समय राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले सोमबार जिल्लास्थित बोर्ड कार्यालयहरूसँग परामर्श गरी मंगलबार परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

स्रोतका अनुसार साउन अन्तिम वा १ भदौबाट परीक्षा सञ्चालनको तयारी गरिरहेको छ । कक्षा १२ का विद्यार्थी भएको विद्यालयमा होम सेन्टर राखेर शतप्रतिशत परीक्षा लिने तयारी छ । बोर्डले अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको थियो ।

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - ०६:३३:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology