Logo

आइतवार, श्रावण २४ गते २०८३

images

साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा

साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा

दैनिकी न्यूज

५, श्रावण २०७८
साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा
images

 

काठमाडौं । साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । मंगलबार बसेको राष्ट्रिउ परीक्षा बोर्ड बैठकले कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।

बोर्डले परीक्षा दिने विद्यार्थी भएका सबै विद्यालयमा परीक्षा केन्द्र कायम गरेको छ । देशभरमा ४ हजार ३ सय १० परीक्षा केन्द्र कायम भएका छन् ।

कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् । गत जेठमा तय गरेको परीक्षा कोभिड– १९को संक्रमण उच्च भएपछि स्थगित भएको थियो ।

परीक्षा तालिका र मिति बोर्डको वेबसाइटमा आजै राखिने प्रवक्ता अर्यालले बताए ।

 

images
प्रकाशित मिति :श्रावण ५, २०७८ मंगलवार - १८:१२:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology