Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आजदेखि त्रिविका रोकिएका परीक्षा सुरु हुने

आजदेखि त्रिविका रोकिएका परीक्षा सुरु हुने

दैनिकी न्यूज

१०, श्रावण २०७८
आजदेखि त्रिविका रोकिएका परीक्षा सुरु हुने
images

काठमाडौं । आजदेखि कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएपछि रोकिएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का परीक्षा सुरु भएका छन्।

स्नातक तहको पहिलो वर्षको वार्षीक परीक्षा आजदेखि सुरु भएको त्रिविले जनाएको छ।

स्नातक तहको व्यवस्थापन तर्फको परीक्षा भोलिदेखि सुरु हुँदैछ। कोरोना महामारीका कारण रोकिएका परीक्षा एक वर्ष ढिलो गरेर सुर हुन थालेका हुन्।

कोरोनाका कारण धेरै विद्यार्थी भएका विषयमा परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक अनलाइन प्रणालीबाट परीक्षा फारम भरेको थियो।

परीक्षा नियन्त्रण कार्यालयले सूचना निकालेर नयाँ प्रविधिबाट परीक्षाका प्रक्रिया सञ्चालन गर्दा केही प्राविधिक कठिनाइ आएको जनाएको छ।

परीक्षालाई सहज बनाउन पायक पर्ने केन्द्र छनोट गर्न समय तोकिएको तथा रजिष्ट्रेशन अनिवार्य गर्नुपर्ने व्यवस्थालाई फाराम भर्ने समयसम्म खुकुलो बनाइ इन्ट्री गर्न पाउने व्यवस्था बनाइएकाले केही परीक्षार्थीलाई समस्या परे पनि आवश्यक समन्वय गरी परीक्षामा समावेश गर्न कार्यालयले अनुरोध गरेको छ।

images
प्रकाशित मिति :श्रावण १०, २०७८ आइतवार - ०९:४९:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology