Logo

आइतवार, श्रावण २४ गते २०८३

images

रोकियो एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा

रोकियो एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा

दैनिकी न्यूज

१४, आश्विन २०७८
रोकियो एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा
images

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको छ । शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि जिल्लान्तर शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले जनाएको हो ।

आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का गर्नुपरेको केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै जनाए । कोईरालाले दरबन्दी मिलानका क्रममा केन्द्रले खुद पुल दरबन्दी भएको स्थानीय तहमा दरबन्दी थप गर्नुपर्ने भएमा मात्र सरुवा गर्नसक्ने बताए ।

यसअघि केन्द्रले १७ हजार ४७ पदमा पदपूर्ति गर्न आयोगसमक्ष विवरण पठाएको थियो । प्राथमिक तहमा १२ हजार ९ सय १२ पद, निम्न माध्यमिक तहमा दुई हजार ५ सय ९३ पद र माध्यमिक तहमा एक हजार ५ सय ४२ पदमा आवेदन माग गरी पदपूर्तिका लागि आयोगलाई पत्राचार गरेको थियो ।

images
प्रकाशित मिति :आश्विन १४, २०७८ बिहिवार - ०७:०७:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology