Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शिक्षक सेवा आयोगले मावि तहको विज्ञापन खुलायो, चैत १५ गते लिखित परीक्षा

शिक्षक सेवा आयोगले मावि तहको विज्ञापन खुलायो, चैत १५ गते लिखित परीक्षा

दैनिकी न्यूज

२८, मंसिर २०७८
शिक्षक सेवा आयोगले मावि तहको विज्ञापन खुलायो, चैत १५ गते लिखित परीक्षा
images

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको शिक्षक पदपूर्तिकको लागि विज्ञापन खुला गरेको छ । माध्यामिक तहको १ हजार ५ सय ४४ शिक्षकको नयाँ पदपूर्तिको लागि खुला विज्ञापन गरेको हो ।

आयोगको अनुसार पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्नेछ । चैत्र १५ परीक्षा सञ्चालन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।

त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले तत्काल विज्ञापन खोल्न निर्देशन दिएका थिए ।

विज्ञापन भोलिको गोरखापत्र दैनिकमा प्रकाशन हुने आयोगले जनाएको छ ।

 

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - १८:०४:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology