Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शिक्षा मन्त्रालयद्वारा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधि जारी

शिक्षा मन्त्रालयद्वारा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधि जारी

दैनिकी न्यूज

३०, पौष २०७८
शिक्षा मन्त्रालयद्वारा ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालनको कार्यविधि जारी
images

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ जारी गरेको छ । यही पुस २७ गतेको मन्त्रिस्तरीय निर्णयानुसार जारी कार्यविधिमा शिक्षालाई सीपसँग जोड्नका लागि सामुदायिक विद्यालयले उक्त कार्यक्रमअन्तर्गत प्रस्तावना तयार गरी स्थानीय तहमार्फत पेस गर्नुपर्नेछ ।

प्रस्तावनाको मूल्याङ्कनका आधारमा सरकारले विद्यालयलाई अनुदान दिनेछ र अनुदानका आधारमा विद्यार्थीलाई पढ्दै, कमाउँदै अभियानमा सामेल गराइनेछ । अघिल्लो सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सुरु गरेको थियो भने वर्तमान सरकार बनेपछि त्यसमा ‘पढ्दै कमाउँदै कार्यक्रम‘ पूरक बजेटमार्फत थपेको थियो । रासस

images
प्रकाशित मिति :पौष ३०, २०७८ शुक्रवार - ०६:११:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology