Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कक्षा १२ को परीक्षा जेठमा हुने

कक्षा १२ को परीक्षा जेठमा हुने

दैनिकी न्यूज

२७, माघ २०७८
कक्षा १२ को परीक्षा जेठमा हुने
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ।

सोहीअनुसार एक साताभित्र परीक्षा तालिका सार्वजनिक गरिने बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा तालिका तोक्ने विषयमा छलफल भइरहेको जानकारी दिए।
‘कक्षा–१२ को परीक्षा जेठमा हुन्छ। यसै साता परीक्षा तालिका सार्वजनिक गर्छौं’ उनले भने।

बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)) को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी बिहीबार तालिका सार्वजनिक गरिसकेको छ।

यो वर्षको परीक्षामा करिब पाँच लाख परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

images
प्रकाशित मिति :माघ २७, २०७८ बिहिवार - २१:५३:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology