Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि शैक्षिक संस्थामा भौतिक रुपमै पठनपाठन

आजदेखि शैक्षिक संस्थामा भौतिक रुपमै पठनपाठन

दैनिकी न्यूज

१, फाल्गुण २०७८
आजदेखि शैक्षिक संस्थामा भौतिक रुपमै पठनपाठन
images

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजदेखि नियमित सञ्चालन भएका छन् ।

सोहीअनुसार सम्पूर्णजसो शैक्षिक संस्था तथा स्थानीय तहले फागुन १ गतदेखि भौतिक रुपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरु हुने सूचना जारी गरेका छन्। कोरोना संक्रमणको तेस्रो लहरको कारण विद्यालय तथा कलेजमा करिब एक महिना भौतिक रुपमा पठनपाठन हुन सकेन। बिहान खुल्ने शैक्षिक संस्थामा आइतबार नै विद्यार्थीहरुको बाक्लो उपस्थिति देखिएको छ।

कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सिसिएमसी० ले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई गत साता सिफारिस गरेको थियो।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - ०९:११:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology