Logo

आइतवार, श्रावण २४ गते २०८३

images

शिक्षक सेवा आयोगको परीक्षा केन्द्रमा शिक्षामन्त्रीको निरीक्षण

शिक्षक सेवा आयोगको परीक्षा केन्द्रमा शिक्षामन्त्रीको निरीक्षण

दैनिकी न्यूज

१९, चैत्र २०७८
शिक्षक सेवा आयोगको परीक्षा केन्द्रमा शिक्षामन्त्रीको निरीक्षण
images

ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगद्वारा सञ्चालित प्राथमिक तह परीक्षा केन्द्रको निरीक्षण गर्नुभएको छ । शनिबार ललितपुरस्थित नमुना मछिन्द्र माध्यमिक विद्यालय, त्रिपद माध्यमिक विद्यालय र मदनस्मारक माध्यमिक विद्यालय केन्द्रको निरीक्षण गर्नुभएको हो । शनिबार सञ्चालन भएको प्राथमिक तहको परीक्षा निरीक्षण गदै परीक्षालाई मर्यादित र विश्वसनीय बनाउन निर्देशन दिनुभयो ।
परीक्षा सम्पन्न गरेकोमा मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई धन्यावाद ज्ञापनसमेत गर्नुभएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षामा माध्यमिक तह परीक्षामा ३६ हजार, निमावि तहमा ८६ हजार बढी र प्राथमिक तहमा १ लाख ३५ हजार बढी परीक्षार्थी सहभागी भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले परीक्षा अर्मादित क्रियाकलाप रहित सम्पन्न भएको जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :चैत्र १९, २०७८ शनिवार - २१:१३:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology