Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शिक्षालाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिन्छः अध्यक्ष प्रचण्ड

शिक्षालाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिन्छः अध्यक्ष प्रचण्ड

दैनिकी न्यूज

२०, भाद्र २०७९
शिक्षालाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिन्छः अध्यक्ष प्रचण्ड
images

महोत्तरी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षालाई सुधारेर उत्पादनमुखी बनाउन सकेमात्र समाजवादमा पुग्न सकिने बताएका छन् । उनले शिक्षा क्षेत्रको सुधार विना नेपाली समाजलाई सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने धारणा राखेका छन् । महोत्तरीको खैरमारामा निर्मल लामा बहुप्राविधिक शिक्षालयको शिलान्यास गर्न महोत्तरी पुगेका प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै समाजवादको निर्माण नै शिक्षा भएको बताएका छन् ।

प्रचण्डले देशमा कस्तो शिक्षा नीति अवलम्बन गरिन्छ भन्ने कुराले विशेष महत्व राख्ने भन्दै २०७४ को निर्वाचनमा आफुहरुले शिक्षालाई उच्च महत्व दिने र २० प्रतिशत लगानी गर्नुपर्ने प्रतिवद्धतासहित घोषणापत्र बनाएको भएपनि त्यो व्यवहारमा लागु हुन नसकेको प्रस्ट्याएका छन् ।

शिक्षा क्षेत्रमा सुधार नगरी समाजलाई अनुशासित, सम्मृद्ध र सुसंस्कृत बनाउन नसकिने भन्दै उनले उत्पादन प्रकृयालाई समाजवादउन्मुख बनाउन हाम्रो शिक्षालाई उत्पादनमुखी बनाउनेतर्फ ध्यान जानुपर्ने बताए । उनले समाजवाद यात्राको चेतना नै शिक्षा भएकाले अब उत्पादन बृद्धिको अभियान, श्रम प्रयोगको अभियान र सांस्कृतिक रुपान्तरण आबश्यक भएको बताए ।

images
प्रकाशित मिति :भाद्र २०, २०७९ सोमवार - १४:२०:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology