Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने

कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने

दैनिकी न्यूज

२६, श्रावण २०८०
कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने
images

काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षाफल अर्को साता प्रकाशन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेकाले आउने साता नतिजा आउने निश्चित भएको हो ।

उनले भने “कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको छ । आउने साता प्रकाशन गर्नेर्छौँ ।” अहिले परीक्षार्थीको प्रविष्ट गरेका अङ्कहरू रुजु गर्ने काम भइरहेको उनले बताए।

उनका अनुसार परीक्षामा करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५६ हजारभन्दा बढी परीक्षार्थीले कम नम्बर आएको विषयमा ग्रेड वृद्धि गर्न परीक्षा दिएका थिए । परीक्षा ७७ वटै जिल्लाका एक हजार ४५३ परीक्षा केन्द्रबाट वैशाख २६ देखि जेठ ५ गतेसम्म सञ्चालन भएको थियो ।

images
प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - ०८:३९:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology