Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो साताबाट हुने

कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो साताबाट हुने

दैनिकी न्यूज

१६, आश्विन २०८०
कक्षा १२ को परीक्षा आगामी वैशाख दोस्रो साताबाट हुने
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८१ वैशाख पहिलो सातादेखि सञ्चालन हुने जनाएको छ । बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन गर्ने जनाएको हो ।

बोर्डका अनुसार परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्रमा पूरक परीक्षा गर्ने कार्यतालिका रहेको छ । नतिजा भने २०८१ को साउन तेस्रो साताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

त्यस्तै कक्षा ११ को परीक्षा विद्यालयहरूले २०८१ को जेठ पहिलो हप्ता गर्नुपर्ने जनाएको छ । कक्षा ११ को रजिस्ट्रेसन फाराम पुस १५ गतेबाट खुला गरेर माघ १५ गतेसम्म भर्ने समयावधि तोकिएको छ ।

त्यस्तै कक्षा १२ को परीक्षा फाराम पुस १ गतेबाट खुला गरी माघ १५ गतेभित्र भरेर अनलाइनमार्फत बुझाइसक्नुपर्ने कार्यतालिका छ ।

हेर्नुहोस सूचना

neb-12-exam-talika.png

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - ०७:३७:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology