Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बाध्यता बन्दैछ वैकल्पिक शिक्षा विधि

बाध्यता बन्दैछ वैकल्पिक शिक्षा विधि

दैनिकी न्यूज

१८, जेठ २०७७
बाध्यता बन्दैछ वैकल्पिक शिक्षा विधि
images

काठमाडौँ, जेठ १८  । कोरोना भाइरस ९कोभिड–१९० का कारण विश्वका धेरै मुलुकमा शिक्षालय बन्द छन् । भाइरसबाट बच्न घरमै बन्द रहे पनि शिक्षा आर्जन गर्न अनेक वैकल्पिक माध्यम अवलम्बन गर्न थालिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बन्दाबन्दीमा कसरी शैक्षिक गतिविधि अगाडि बढाउन सकिन्छ भनेर वैकल्पिक विधि तयार गरिरहेको बताउनुभयो । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार ४५ दिनका लागि कक्षा १ देखि ३ सम्मको अतिरिक्त अभ्यास पुस्तिका तयार भइसकेको छ । उहाँले कक्षा ४ देखि ८ सम्मको अभ्यास पुस्तिका तयार भइरहेको बताउँदै ती छापिएपछि विद्यार्थीलाई उपलब्ध गराएर पठनपाठनमा निरन्तरता दिइने बताउनुभयो ।

सम्पन्न मुलुकमा अनलाइन शिक्षाले बढी ठाउँ लिएको छ भने विकासशील मुलुकमा अनलाइनका साथै रेडियो र टेलिभिजन समेतका माध्यम प्रयोग गर्नुुपर्ने बाध्यता बनिरहेको छ । क्यानडा, अमेरिका लगायतका कतिपय देशमा विद्यालयले नै विद्यार्थीलाई अनलाइन अध्ययन गर्न आवश्यक कम्प्युटर, ल्यापटप, आइप्याड जस्ता सामग्री उपलब्ध गराएको त्यहाँ रहने नेपालीले जानकारी दिए । हाल अमेरिकामा रहनुभएका नेपाल अभिभावक महासङ्घका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीले आफ्ना नाति अनलाइन माध्यमबाट अध्ययन गर्दै आएको सुनाउनुभयो ।

उहाँले विद्यार्थीले पठनपाठन गर्ने कुरा ठ्याक्कै रोक्नुहुँदैन । पाठ्यपुस्तक ओसारपसार गर्न रोकिएको छैन । विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध गराउने तरिका खोजौँ । इन्टरनेट, रेडियो र टेलिभिजनको पहुँच भएका वा नभएका विद्यार्थीको वर्गीकरण गरौँ भन्नुभयो । कतिपय मुलुकमा बन्दाबन्दीले खासै असर गरेको छैन । नेपालमा भने सीमित निजी विद्यालयले अनलाइन विधिबाट पठनपाठन थाले पनि उपत्यकाका सामुदायिक विद्यालय केहीले मात्र अनलाइन विधिबाट पठनपाठन अगाडि बढाएका छन् ।

शिक्षाविद् दिव्या घिमिरेले अझै सबै विद्यार्थी अनलाइन वा भर्चुअल विधिबाट पढ्नसक्ने अवस्थामा नरहेको बताउनुभयो । उहाँले जबर्जस्ती अनलाइन विधिमा जानु उपयुक्त हुँदैन । प्रतिस्पर्धाले समस्या पर्नसक्छ । अभिभावकले छोराछोरीलाई घरमै सिकाउन सक्नुपर्छ भन्नुभयो ।

गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ १८, २०७७ आइतवार - ०६:५५:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology