Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अबिबेकी लकडाउनले सिर्जित भोकमरी, यसको विकल्प के ?

अबिबेकी लकडाउनले सिर्जित भोकमरी, यसको विकल्प के ?

दैनिकी न्यूज

२४, जेठ २०७७
अबिबेकी लकडाउनले सिर्जित भोकमरी, यसको विकल्प के ?
images

शारदा घिमिरे/   विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिएको बताएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय विश्वका २ सय ३ वटा राष्ट्रमा फैलिसकेको छ । अहिले विश्वमा कोरोना भाइरसले राज गरेको छ । चीनको वुहान प्रान्तबाट सुरू भएको यो भाइरस हाल चीन लगायत केही देशमा नियन्त्रणमा आइसकेको छ । नेपाल अहिले चरम चपेटामा छ । त्यस्तै युरोप, अमेरिका र मध्य पूर्व राष्ट्रमा यो तीब्र गतिमा फैलने क्रममा छ ।

"कोराना संक्रमण रोक्न नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि देशभरी लकडाउन गरेको छ । यो लकडाउन २०७७ जेठ ३२ गतेसम्मको जारी रहेको छ । लकडाउन सुरु भएको साढे दुई महिनाभन्दा बढी भैसकेको छ ।"

कोराना संक्रमण रोक्न नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि देशभरी लकडाउन गरेको छ । यो लकडाउन २०७७ जेठ ३२ गतेसम्मको जारी रहेको छ । लकडाउन सुरु भएको साढे दुई महिनाभन्दा बढी भैसकेको छ । नेपाल सरकारले वैशाख २५ गतेदेखि ४४ प्रकारका विभिन्न क्षेत्रका उद्योग व्यवसाय सञ्चालन गर्न सकिने भनेको छ । खाद्यान्न, तरकारी, फलफूल, पानी, ग्याँस, औषधी र किराना पसलहरु सिमित समयको लागि खुल्ने गरेका छन् । तर, संक्रमण बढ्दै जाँदा मानिसहरुमा डर र त्रास बढेको छ । कोराना भाइरस नियन्त्रणमा कहिले आउँछ भनेर भन्न सकिने स्थिति छैन । कोराना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनले गर्दा अधिकांश आर्थिक गतिविधिहरु प्रायः शून्य रहेको छ ।

आफ्नो घर मानिसको सबैभन्दा पहिलो सुरक्षित स्थल मानिन्छ । बिपतको बेला मानिसहरु आ–आफ्नो घर फर्कनु स्वभाविक हो । बिपतको बेला आफ्नो नागरिकलाई सुरक्षित रुपमा स्वदेश ल्याउनु राज्यको कर्तव्य हो । तर यहाँ भने नागरिकलाई जोगाउनु तर्फ लाग्नुको विपरीत नाकामै छेक्न थालियो । उनीहरु घर त जसरी पनि पुग्ने नै थिए । जसले गर्दा चोर बाटो भएर आउन बाध्य भए । फलस्वरूप भारतमा काम गरिरहेका नेपालीहरु लकडाउन भए पनि विभिन्न उपायबाट नेपाल प्रवेश गरिरहेका छन् । भारतीय सीमावर्ती क्षेत्रमा कोरानाको संक्रमण बढी देखिएको छ । त्यस क्षेत्रबाट काठमाडौ लगायत पहाडी क्षेत्रमा मानिसहरु आवात जावात भएकोले पछिल्लो समय संक्रमण तीव्र रुपमा फैलिदै गएको हो ।

नेपालमा यो लेख तयार गर्दासम्म २ हजार ९१२ जनामा कोरोना भाइरसको संक्रमण, ११ जनाको मृत्यु भएको छ । नेपालको कुल जनसंख्या २ करोड ९० लाख ९३ हजार २९७ मध्ये साढे दुई महिनाभन्दा बढी पुग्दा हाल जम्मा पिसिआरबाट ८८ हजार ३६६ र आरडिटीबाट १ लाख ३२ हजार ९६६ जनाको मात्र परीक्षण भएको छ । एक दिनमा दुईसयभन्दा धेरै संक्रमित देखा परेका छन् । यसरी संक्रमितको संख्या दिनानुदिन बढिरहदा इटली, स्पेन अमेरिकाकै हालतमा नपुग्ला भन्न सकिदैन । जुन सोच्दा पनि आङ सिरिङ हुन्छ ।

दुई महिना पुग्दा संक्रमितको संख्या यसरी बढनुको कारण भने शंकास्पद व्यक्तिहरुको पर्याप्त मात्रामा परीक्षण नै नहुनु नै हो । जति परीक्षणमा ढिलाई हुन्छ, त्यति नै संक्रमण बढ्ने खतरा रहन्छ । कोभिड–१९ विरुद्ध औषधि र खोपको अविष्कार नभइसकेको हुँदा संक्रमण रोकथाम र संक्रमितको प्रभावकारी हेरचाह नै अहिलेको समस्याको विकल्प हुन् । नेपालमा बन्दाबन्दी आँखा चिम्लिएर रोजियो तर यससँगै गर्नुपर्ने बाँकी सबै काम चाँहि चटक्कै बिर्सिइयोे । लकडाउन कोरोना रोग नियन्त्रणको उपाय मात्र हो । तर यो नै मूल मन्त्र होइन । यसरी बिना योजना लकडाउन लम्बिदै जादा देशको आर्थिक गतिविधिहरु प्रभावित भएका छन् । कोरोना भाइरसले हाम्रो समाजका आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विविध नकरात्मक प्रभाव पार्ने निश्चित छ । यसबाट नागरिकलाई दैनिक गुजारा चलाउन हम्मे हम्मे परिरहेको छ । मानिसमा नैराश्यताको विकास हुने, सरकारप्रति वितृष्णा जागृत भई नकारात्मक भावनाको विकास हुने र समाजमा नकारात्मक कार्य हुनेतर्फ उच्च जोखिम रहेको छ । सबैको व्यवसाय चौपट भएको छ । आर्थिक सङ्कट चुलिएको छ ।

असंगठित क्षेत्रमा काम गर्ने मजदुर सबैभन्दा बढी पीडित भएका छन् । समाजमा यस्तै स्थिति अझ केही समय रहिरहने हो भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भन्दा भोकमारीले मृत्यु हुनेको संख्या बढी नहोला भन्न सकिदैन ।

असंगठित क्षेत्रमा काम गर्ने मजदुर सबैभन्दा बढी पीडित भएका छन् । समाजमा यस्तै स्थिति अझ केही समय रहिरहने हो भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भन्दा भोकमारीले मृत्यु हुनेको संख्या बढी नहोला भन्न सकिदैन । जसको सिङ्गो उदाहरण सप्तरीको पथरीका मुसहर मलर सदा मरे र बर्दियाको गुलरी नगरपालिकाका एक व्यक्ति लगायतका पनि छन् । उनका जीउने हतियार केवल पाखुरो र कोदालो थिए । सरकारको लकडाउन ज्यान बचाउन भनी लगाइयो । तर सरकारसँग न दूरदर्शी योजना छ, न मनग्य समग्र तयारी छ, न सम्भावित अनेक यथार्थपरक पूर्वानुमान छ । सरकारको अविवेकी लकडाउन यस्तै अकालमै मलर सादा मरे जस्तै ज्यानमारा साबित हुनेछ । मधेश–तराईको व्यापक विस्तारमा लकडाउनले ल्याएको भोकले मलर सदाजस्ता थुप्रै दलितहरु मरेर जानेछन । देशको लागि आफूले सक्दा पूर्ण रूपमा योगदान गरेका नागरिकको रक्षा गर्नु र नेपालको संविधानको भाग ३ को धारा ३६, ३७ मा नै प्रत्येक नागरिकको गाँस, बास र कपासको सुनिश्चितता गरिनु पर्छ । भनेको अवस्थामा कुनै नागरिकले भोकमरीको कारण ज्यान गुमाउनुपर्ने अवस्था आयो भने त्यो जतिको लज्जास्पद र लाजमर्दाे अवस्था के हुन सक्ला ? आखिर तिनलाई मार्यो कसले ? यो देशमा लाखौँ–लाख गरीब छन् । लकडाउनकालमा न तिनका छाप्रामा संचित अन्न छ, न तिनका चुलोमा आगो बोल्ने जोगाड छ । दिनभरि पसिना नबगाई तिनको चूलो बल्दैन । कि नित्य पसिना बगाऊ र बाँच कि भोकै मर । तिनका जीवनका कठोर सत्य यही हो ।

लकडाउनका स्रष्टाहरु आम जनजीवनको यो यथार्थबाट बिल्कुल बिमुख छन । बिलासको जीवनमा मस्त छन् । अझै भनु यस्तो समयमा पनि आफ्नो गोजि कसरी भर्ने धुनमा मस्त देखिन्छन् । यसै बीचमा नेपाली जनताको नाममा प्रधानमन्त्रीको सम्बोधन ३ पटक भएको छ । तर प्रत्येक पटक विभिन्न आश्वासन र सपना बाँड्ने बाहेक अरु केही उपलब्धि छैन् । राहत बाडेको नाटक गरि एकसय रुपैयाँ छुट्याऔं तर मन्त्री, नेता, मेयर, यस्तो विभिन्न भाग लाग्दै १०० को राहत छ, रुपैयामा पुग्छ । अझ दुःखको कुरो यो नि छ राहतकर्ताकोमा पुग्दैन । पुगेको राहत पनि खराब सामग्री पुगेको हुन्छ । कोरोनाले भन्दा धेरै ज्यान भोक, स्वास्थ सेवामा पहुँचको अभाव, निराशा र बन्द व्यवसाय चौपट भएका कारणले हुने अवस्था देखिइसकेको छ । संक्रमणको उचित व्यवस्थापन सँगसँगै समयमै अरु विकल्प पनि खोज्ने कि ? स्थितिलाई काबुभन्दा बाहिर जान नदिन निर्णयकर्ताहरुले अब पनि नसोचे, नेपालको हालको लकडाउन नेपालमा कोरोना संक्रमितको संख्या बढ्नुले स्याल कराउनु बाख्रो हराउनु भनेजस्तै भएको छ । हाम्रा जस्तो आयातमुखी अर्थतन्त्र भएको मुलुकले त बन्दाबन्दी गर्दा कल्पना नै गर्न नसकिने क्षति बेहोर्नुपर्छ ।

अहिले सरकारले गरेको लकडाउन एकदमै राम्रो हो । तर लकडाउन गरेर मात्रै संक्रमण फैलिदैन भन्न पनि मिल्दैन ।

विश्वभरि कोरोनाको कहर छ ।
मरिन्छ कि भन्ने सबैलाई डर छ ।।
लकडाउन भयो लाग्यो ताला अब के गर्नी ?
काम छैन खर्च छैन भोकै मर्छु भन्नी डर छ ।।

अहिलेको अवस्थामा को–कसलाई राहत तथा सहयोगको आवश्यकता छ, निष्पक्ष अध्ययन हुनु र लक्षित वर्गमा आवश्यक सहयोग तथा राहत पु¥याइनु नै उत्तम कार्य हो । सरकारले आवश्यक कदम चालेर पीडित वर्गको सम्बोधन गर्नु नै आजको आवश्यकता हो ।

अहिले सरकारले गरेको लकडाउन एकदमै राम्रो हो । तर लकडाउन गरेर मात्रै संक्रमण फैलिदैन भन्न पनि मिल्दैन । दूरदर्शी व्यवस्थित योजना, मनग्य समग्र तयारी, सम्भावित अनेक यथार्थपरक पूर्वानुमान,कन्ट्याक्ट ट्रेसिङ क्षमता वृद्धि गर्न, सबै क्षेत्रमा उपचार केन्द्र स्थापना गर्न लागोस नकि अविवेकी लकडाउन गर्न । कोरोना न्यूनीकरण गर्न हाम्रा सबै सार्वजनिक संस्थाहरु, निजी क्षेत्र, तिनमा कार्यरत कर्मचारी र सबै सचेत नागरिकहरुले आ–आफ्नो सामाजिक उत्तरदायित्व गम्भीरतापूर्वक पालना गर्नुपर्ने हाम्रो पनि उत्तरदायित्व हो

images
प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - १४:१५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology