Logo

आइतवार, श्रावण २४ गते २०८३

images

प्युटारमा बैकल्पिक सिकाई प्रणाली लागु गरिने

प्युटारमा बैकल्पिक सिकाई प्रणाली लागु गरिने

दैनिकी न्यूज

३२, जेठ २०७७
प्युटारमा बैकल्पिक सिकाई प्रणाली लागु गरिने
images

ललितपुर । दक्षिण ललितपुरको वागमती गाउँपालिका–४ प्युटारमा रहेका विद्यालयहरुमा बैकल्पिक सिकाई प्रणाली लागु गरिने भएको छ ।

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम अवधिभर प्युटारमा रहेको शिक्षा समितिले बालबालिकाको शैक्षिक सुधारका लागि टोलटोलमा ‘सिकाई टोल समुह’ गठन गरी उक्त प्रणाली अघि बढाउन लागेको हो ।

वडामा हाल ८ वटा विद्यालय रहेका छन् । हामीले साविकको प्रावि (१ देखि कक्षा ५) सम्म अध्ययन गर्ने हरेक विद्यार्थीलाई सो प्रविधिमार्फत शिक्षा दिलाउन लागेको वडाध्यक्ष नारायण बहादुर घलेले जानकारी दिए । उनले भने, “हामीसँग आधारभूत तहका ६ वटा र माध्यमिक तथा उच्च माध्यमिक तहका हाल एक–एक वटा विद्यालय रहेका छन् ।” प्युटारका हरेक विद्यालयमा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीले टोलटोलमा स्वयंसेवक शिक्षकबाट अध्ययन गर्ने मौका पाउनेछन् । समय समयमा सम्बन्धीत विद्यालयका शिक्षकले पनि उक्त कार्यक्रमको अवलोकन गरी आवश्यक वस्तुवारे जानकारी प्रवाह गर्ने व्यवस्था मिलाउन लागेको घलेले बताए ।

वडाले कक्षा ५ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई विज्ञान, गणित र अङ्ग्रेजी विषय भने टेलिफोन लगायतका सामाजिक सञ्जालबाट अध्ययन गराउने भएको छ । सो तहका कक्षामा अध्ययनरत विद्यार्थीले यी तीन विषय बाहेकका अन्य विषय भने आफैले घरमै अध्ययन गर्नुपर्ने बताइएको छ । प्युटारमा धनडाँडा, बागमती, देउराली, गडीभञ्ज्याँङ, फुकेडाँडा र खैरेनी नामक ६ वटा आधारभूत तहका विद्यालय तथा चण्डेश्वरी नामक माध्यमिक र श्रीकालीदेवी नामक उच्च माध्यमिक विद्यालय रहेका छन् ।

images
प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - १०:४१:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology