बाबुराम घिमिरे
आजको अवस्था
आजको दिनमा कोरोना भाइरस (कोभिड–१९) मानवजातिको लागि सबैभन्दा ठूलो शत्रु हो । यसले मानव जातिको दैनिक जिबनमा मात्र होइन, मानव अस्तित्वलाई नै चुनौती दिएको छ । मानिसको सामान्य जनजीवन ध्वस्त बनाएको छ । सबैले एउटा सूक्ष्म जीवाणु भयानक क्षेप्यास्त्रहरु भन्दा शक्तिशाली भएको छ । महा शक्तिराष्ट्रहरू आकुल व्याकुल भएका छन् । विश्व अर्थतन्त्र ध्वस्त भएको छ । स्वास्थ्य स्थिति डामाडोल अवस्थामा पुगेको छ । शिक्षा र शिक्षण सस्थाहरु तहसनहस भएक भएको छ ।
अनुशासनको परिभाषा परिवर्तनः
जीवनमा सफलताको चाहना नराख्ने मानिस कमै होलान् । तर सफलता त्यसै प्राप्त हुने चिज होइन । सफलता सिमित व्यक्तिले मात्र प्राप्त गर्न सक्दछन् किन ? यस्ता प्रश्नहरूको समाधानार्थ मैले कलम चलाउने प्रयत्न गरेको छु । जसले गर्दा मानिसको जीवन, सफलतामा पुगोस् भन्ने मेरो चाहना छ्र । यसको वास्तविक कडी हो अनुशासन । नेपालमा निजी र सामुदायिक दुई प्रकृतिका विद्यालयहरु सञ्चालनमा आइरहेका छन् । निजी विद्यालयमा अनुशासन बढी हुने र सामुदायिक विद्यालयमा कम हुने विश्वास आम अभिभावकमा पर्न गएको छ । जेहोस अनुशासन यस्तो कडी हो जसले मानिसको जीवन बदल्न सहयोग गर्दछ । निजी विद्यालयहरूको तुलनामा सरकारी विद्यालयहरु सरकारी नियम बढी पालना गर्दछन् । यद्यपी सरकारी नियम सबैलाई बराबर पालन हुनु र लागू हुनुपर्ने हो । अहिले, कुनै पनि विद्यालयमा बालअधिकार हनन गर्न पाइँदैन । अनुशासनका नाममा विद्यार्थीलाई क्वारेन्टिन र सेल्फ क्वारिन्टिन दिने प्रचलन विद्यालयहरूमा केही कमी हुँदै गएको छ । गहिरो अध्ययन गर्ने हो भने निजी विद्यालयहरुमा नै विद्यार्थीले दण्ड बढी पाउँछन् । सरकारी स्कुलमा दण्ड पाउँदै नपाउने भन्ने होइन । तसर्थ अनुशासन, नयाँ किसिमले परिभाषित गर्न जरुरी छ । शिक्षकका अगाडि कुनै पनि कुरा नबोल्नु, प्रश्न नसोध्नु, विनम्र भएर बस्नु मात्रै अनुशासन होइन ।
शिक्षण विधि र प्रविधिः
समस्या, छलफल, अन्तरक्रिया र निष्कर्षमा पुग्ने विद्यार्थी केन्द्रित विधिहरु हुन् । तर अधिकांश शिक्षण संस्थामा यस्तो भएको पाइँदैन । किनभने, यस्तो हुनु अनुशासन होइन, भन्ने पुरानो बुझाइ छ । लकडाउनमा अनलायन कक्षा सञ्चालनले यो कुरालाई केही हदसम्म मेट्न सफल भएको छ । अझ विभिन्न जुम मिटिङ, गुजल मिटिङद्वारा संचालित, कक्षाहरुमा विद्यार्थी–शिक्षकको अन्तरक्रियाले शिक्षण विधिमा नै परिवर्तन जरुरी छ भन्ने चेतनाको दिएको छ ।
हामी आम शिक्षकहरुले यसका लागि तयार हुन जरुरी छ । भौगोलिक विकटता, गरिबीका बाध्यता, प्रविधि र विद्युतीय सामग्रीहरुको अभावका कारणले सबै विद्यार्थीले अनलाईन भर्चुल कक्षाहरुको सुविधा प्राप्त गर्न सकेका छैनन् । यद्यपि जतीले प्राप्त गरे त्यसलाई, एक हदसम्म वैज्ञानिक र प्रगतिशील मान्न सकिन्छ । अहिलेको कोभीड–१९ को कारणले विश्वव्यापीरुपमा बन्दाबन्दीका आ–आफ्नै मोडलहरु लागू भएका छन् ।
निजी र सामुदायिक विद्यालयहरुः
त्यसलाई स्वीकार गर्नका लागि निजी विद्यालय सामुदायिक विद्यालयहरु तयार छन ? भन्ने प्रश्न हाम्रो अगाडि खडा छ्र । सामुदायिक विद्यालयहरु नियमलाई लागू गरिरहेछन । क्वारेन्टिन निर्माणका लागि विद्यालय भवनहरू प्रयोग भइरहेका छन् तर निजी विद्यालयहरु यसो गर्न तयार छैनन् । यसमा दुइटा प्रश्न उब्जिन पुग्दछ १. विद्यार्थी अभिभावक र शिक्षकको चिन्ताले निजी विद्यालयहरु छिटोभन्दा छिटो विद्यालय खोल्न चाहन्छन् २. यो शिक्षामा व्यापार भएको कारणले जति छिटो विद्यालय खुल्यो त्यतिनै रकम संकलन गरी विद्यालयको हीत र आर्थिक सबलीकरण गर्न सम्भव हुनाले यसो गर्न चाहन्छन् । त्यसैगरी सामुदायिक विद्यालयहरु सरकारी तलब स्केल खाने हुनाले, आफ्नो स्केल को कुनै चिन्ता नभएको हुनाले, हतार नगरिएको हुनु सक्छ्र भने अर्कोतिर ज्यान रहे ज्ञान रहन्छ भन्ने सन्देश बुझेका, सामुदायिक विद्यालयका शिक्षकहरुको योग्यता पुगेका, अलि उमेरले परिपक्क भएका र शिक्षक सेवा आयोगबाट खारिएका हुनाले विद्यार्थीलाई ज्ञान बाँड्न पर्याप्त समय पुग्ने, कक्ष सञ्चालनका दिनहरु भोलिका विदा, चाडपर्व र जस्तोसुकै अप्ठ्यारोमा पनि दिन सकिने हुनाले, अहिले कोरनाबाट बच्नु नै मूल उद्देश्य हो भन्ने सोचाइ पनि हुनसक्दछ्र । सरकारको पनि यही उद्देश्य हुनुपर्दछ भनिरहँदा, निजी विद्यालयहरु सहमत छैनन् । यद्यपि सञ्चालनमा आएको अवस्था भने होइन ।
योचाहिँ प्रष्टै छ कि निजी विद्यालयमा पढ्ने उच्च जीवनस्तर भएका बालबालिकाहरु विद्युतीय सामग्रीहरु पहुँच भएका बालबालिकाहरु प्रयास सहरका बासिन्दाहरु र उच्च सोच भएका अभिभावक, सक्षम अभिभावक र समाजमा आँफूलाई आर्थिक प्रतिष्ठा अर्थात् प्रतिष्ठित कहलिएकाहरुका, बालबच्चाहरु निजी स्कुलमा पढ़ने हुनाले छिटोभन्दा छिटो खोली, कोरोनाबाट बच्ने सावधानीका उच्चतम उपायहरु अपनाई विद्यालय खोल्न सम्भव भए पनि, निम्नस्तरका अभिभावकहरु लाई त्यो सम्भव छैन । छाक टार्ने समस्या छ, सुत्ने बस्ने कोठा पनि नभएको ठाउँमा क्वारिन्टन र सेल्फ क्वारिन्टन पनि सम्भव छैन । तसर्थ निजी र सामुदायिक विद्यालयका बालबच्चाहरु तिनको शिक्षाको स्तर सरकारी कहाँबाट लागू भएका नियम कानुन ऐन नियमहरुलाई लागुगर्ने सवालहरु पनि स्वभावत अन्तर भएको प्रस्टै छ ।
चाहे निजी विद्यालय चाहे सामुदायिक विद्यालय आखिर सबै नेपाली बालबालिकालाई शिक्षा दिने उद्देश्यले खोलिएका शिक्षण संस्थाहरु हुन् । प्रष्ट रुपमा भन्न सकिन्छ निजी विद्यालयका शिक्षक कर्मचारीहरुले आफ्नो सेवा सुविधा प्राप्त गर्न सकेका छैनन् । तर सरकारी विद्यालयका शिक्षक कर्मचारीहरुले सेवा सुविधा प्राप्त गर्न सकेका छन् । अर्कोतिर सम्भ्रान्त वर्गहरुले तिरेका उच्च मूल्यहरु निजी विद्यालयहरु, अझ उच्चस्तरका निजी विद्यालयहरुले आर्थिक सङ्कलित गरिएका रकमहरू सबै विद्यालय प्रयोजनमा मात्रै लगाइएका छैनन् । हुनुपर्ने त्यस्तो होइन तर त्यस्तो भइरहेको छ्र । वास्तवमा शिक्षा यो खालको व्यापारको रुपमा परिणत भएको छ । यशो हुँदाहुँदै पनि कतिपय निजी विद्यालयहरु निम्नस्तरका छन्, विद्यार्थी शुल्कले मात्र जीविकोपार्जन गर्ने, शिक्षक कर्मचारीलाई तलब भत्ता दिने र संस्थापकहरु सामान्यरूपमा जीबीका पालनको हैसियत मात्र राख्ने खालका निजी विद्यालयहरु भने यसखालको ठूलो समस्यामा पर्न गएका छन् । यसबाट शिक्षक कर्मचारी अभिभावक र त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि ठूलो मर्का परेको छ । निजी रुपमा पढेपनि यता पनि त्यहाँका बालबच्चासँग सबैसँग विद्युतीय सामग्री पहुँच क्षमता नभएको पनि छ । किनकि अभिभावकहरूले निजी संस्थामा राम्रो हुन्छ भन्ने हेतुले नखाइ नलाई पढाएको अवस्था पनि छ्र तसर्थ यसको समाधान कसरी गर्ने भन्ने अहिलेको ज्वलन्त प्रश्न हो । माथि उल्लेख गरिएका कुराहरू सन्दर्भसँग मिल्न गएको पनि हुनसक्छ तर समग्रमा राष्ट्रले भविष्यका कर्णधारहरु को शिक्षालाई हेलचेक्र्याइँ रुपमा हेर्न पटक पटक्कै हुँदैन ।
हाम्रो कर्तव्य र विकल्पहरु के हुन ?
स्कुल लागि सम्बन्धित निकायले उचित ध्यान दिए वैकल्पिक विद्युतीय सामग्री एफएम रेडियो टेलिभिजन वा अन्य केही सामग्रीहरूको प्रयोगगरी विद्यार्थीलाई ज्ञान हासिल गराउन अनिवार्य छ । अन्यथा यो कारणले विद्यार्थीहरूको ज्ञानमा ठूलो धक्का लाग्नेछ्र । प्रत्यक्ष रुपमा प्रताडित बालबालिकाहरूलाई ज्ञान सम्प्रेषित गर्न सकिएन भने राष्ट्रका लागि ठूलो क्षति हुनसक्छ ।
आत्महत्या गर्ने विद्यार्थीको संख्याहरु पनि उल्लेख्य समाचारहरूमा पढ्न पाइन्छ्र । तसर्थ शिक्षामा पर्याप्त बजेट छुट्याउँदै विद्यार्थीहरुलाई विद्युतीय सामग्रीहरु ऋणका रुपमा, राहतका रुपमा प्रदान गरी त्यसको हिफाजत गर्ने बानी बसाई, अभिभावकहरूलाई पनि जिम्मेवार बनाई, ज्ञान हासिल गराउने, विशेष इन्टरनेट प्याकेज उपलब्ध गराई, यो चुनौतीलाई अवसरको रुपमा बदल्न सक्नुपर्दछ । यो युगको माग हो । शिक्षाविद्हरु, अर्थविद्हरु, नीति तहमा रहेकाहरु, उच्च निर्णायक तहमा रहेकाहरूले यसमा, तीव्र ध्यान दिन जरुरी छ । गहनअध्ययन गर्न जरुरी छ्र । अन्तमा भविष्यका कर्णधार बालबालिकाको शारीरिक मानसिक तथा बौद्धिक ज्ञानलाई नजरअन्दाज गर्नु महागलत हुनेछ्र । राष्ट्रले चाहे असम्भव केही छैन ।
विद्यालयमा अनुशासन किन ?
हामी हाम्रा विद्यालयहरुबाट सफल जीवन खोज्न अगाडि बढिरहेका छौं । त्यसको लागि हामी अग्रजहरु आँफुले अनुसार सन्का नियमहरू पालन गर्नुपर्दछ । तब मात्रै हाम्रा बालबच्चा विद्यार्थीहरुले अनुशासन पालन गर्न इच्छुक हुन्छन् । हाम्रो अनुशासन भनेको विद्यार्थी भाईबहिनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउनु हो । यो राष्ट्रको कर्तव्य हो । परिवारको कर्तव्य हो । शिक्षकको कर्तव्य हो र अभिभावकको पनि कर्तब्य हो ्र यदि हामी हाम्रो कर्तव्यमा बेप्रवाह छौं भने बालबच्चाहरु अनुशासन पालना गरि रहन बाध्य हुनेछैन । त्यही कारण हुनसक्छ आत्महत्याका संख्याहरु दिनानुदिन वृद्धि भई रहेछ नेपाल र विश्वभरी नै तसर्थ सफल जीवनको एउटा महत्वपूर्ण क्याप्सुल अनुशासन हो । जीवनलाई अगाडि बढाउन आवश्यक शर्तहरु अनुसासन, लगनशीलता, आशावादिता, उत्साह, अध्ययन, नेतृत्व चाहना, मिलनसार, निर्णायक भावना, सञ्चारको पहुँच र आर्थिक सक्षमता आदि हुन सक्छन् । यी हरफहरुका मार्गनिर्देशले जीवन बर्बाद गर्दैनन, क्रमशः समयले सिर्जित गर्नेछन् तर अनुशासनको पालना अत्यावश्यक छ ।
निष्कर्षः
महामारीको प्रसंगमा स्वास्थ्य मन्त्रालय विश्व स्वास्थ्य संगठनले भनेका कुराहरु, गुरुहरूले, अग्रजहरुले भनेका कुराहरु, हाम्रो सञ्चारमाध्यमले प्रसार गरेका कुराहरू पालन गर्नु हरेक बालबच्चा र विद्यार्थीको कर्तव्य हुन जान्छ । शिक्षाको मामिलामा निजी र सामुदायिक विद्यालयलाई फरक नजरबाट हेर्न आवश्यक छैन । तर निजी विद्यालयहरु नाफामुखी मात्रै हुन जरुरी छैन, यो शिक्षण विरोधी कार्यक्रम हो । विद्यार्थीलाई स्वतन्त्ररुपमा विज्ञान र प्रविधिको विकास गराई, सोहीअनुसारको शिक्षा हासिल गर्ने वातावरण सिर्जना गरी, अगाडि बढाउन बढाउनुपर्दछ । उनीहरुलाई मनोपरामर्शको ज्ञान पनि उत्तिकै जरुरी छ ।
अभिभावकहरुको आर्थिक रुपमा निम्नस्तरका भएपनि विद्यार्थीलाई त्यसको नकारात्मक छाप पर्न दिनु हुँदैन । यसको जिम्मा पूर्णरुपले सरकारको हुन्छ । जसले आत्महत्याजस्ता घटनाहरु न्युनिकरण गर्दछ । एक्काइसौं शताब्दीको शिक्षामा विज्ञान र प्रविधिको पूर्ण रूपमा समाहित हुन पर्दछ । विद्यालयमा शिक्षक, अभिभावक, संचालक, सरकार, नीतिनियम तहका सबै मानिसहरुले आ–आफ्नै कर्तव्य नियममा बस्नुपर्छ । अनुशासनको पूर्ण पालना गर्नुपर्दछ । जसले पालना गर्दैन कारबाहीको व्यवस्था पनि हुन जरुरी छ । अहिलेको मूल समस्या शिक्षण विधि हो । आधुनिक शिक्षण विधिमा पढाउने होइन सिकाउने हो । सिकाउने मात्र होइन । विद्यार्थी स्वयं आफै सिक्ने हो ।
यो महामारीको प्रङ्गमा विद्यालय कसरी खोल्ने भन्ने चिन्तनमा जान जरुरी छ । बन्द गर्ने भन्ने चिन्तन होइन । यसका निम्न विकल्पहरु हुनसक्छन् । आधा दिन अध्ययन, जोरविजोर कक्षा सञ्चालन, थर्मल डटेक्टरको व्यवस्था, सेनिटाइजर व्यवस्था, सामाजिक दुरी कायम, क्यान्टीन र बाहिरको खाना प्रतिबन्ध, कुनै समस्या आएमा पुरै विद्यालय परिक्षणको व्यवस्थाआदि आदि हुनसक्छ । तर पनि भाइबहिनीहरुलाई सकारात्मक सन्देश दिन, विद्यालय खुलेको जानकारी दिन जरुरी छ्र । हाम्रो भविष्य अन्धकारमा छैन भन्ने विश्वास पार्न जरुरी छ । सबैले कर्तव्यको पालना गरौं ! सुरुवात आफैबाट गरौं !!