Logo

आइतवार, श्रावण २४ गते २०८३

images

त्रिविको रोकिएका परीक्षा भदौ दोस्रो साताबाट

त्रिविको रोकिएका परीक्षा भदौ दोस्रो साताबाट

दैनिकी न्यूज

४, श्रावण २०७७
त्रिविको रोकिएका परीक्षा भदौ दोस्रो साताबाट
images


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्नेगरी कार्यतालिका प्रकाशन गर्न लागेको जनाएको छ । सरकारले कोरोना संक्रमण फैलन नदिनको लागि साउनको ७ गतेसम्म लकडाउन गरेको छ तर, त्रिविले भने छिट्टै परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने भएको हो ।

परीक्षा कुनविधिबाट गर्ने भन्नेबारेमा ठोस् निर्णय नभएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
आन्तरिक मूल्यांकन, सामाजिक दुरी कायम गरेर परम्परागत विधि, वैकिल्पक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा गर्न सकिने विकल्पमा छलफल भइरहेको उनले बताए ।


विश्वविद्यालय अनुदान आयोगले त्रिविलाई अनलाइनसहितका वैकल्पिक विधि प्रयोग गरेर पठनपाठनका साथसाथै परीक्षा सञ्चालन गर्न सुझाव दिएको छ । चैतदेखि देशभरका विश्वविद्यालय र क्याम्पसमा शैक्षिक गतिविधि ठप्प छ ।
समयसीमा तोकेर खुल्ला पुस्तक, गृहकार्य, कक्षाकार्य, प्रस्तुतीकरण, अनलाइन विधिबाट परीक्षा लिन सकिने निर्देशिकामा उल्लेख छ ।
त्रिविले आयोगकै निर्देशिकाअनुसार विधि तोकेर परीक्षा सञ्चालन गर्न लागेको हो ।

images
प्रकाशित मिति :श्रावण ४, २०७७ आइतवार - २१:४४:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology