Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सामाजिक विकास र रुपान्तरणको तगारो भ्रष्टाचार

सामाजिक विकास र रुपान्तरणको तगारो भ्रष्टाचार

दैनिकी न्यूज

५, श्रावण २०७७
सामाजिक विकास र रुपान्तरणको तगारो भ्रष्टाचार
images

सरिता न्यौपाने/ सदाचारको विपरीत शब्द भ्रष्टाचार हो । सार्वजनिक पदमा वहाल रहेका राष्ट्रसेवकले मनसायपूर्वक दृश्य वा अदृश्य स्वार्थ पूर्तिका लागि आफूलाई प्राप्त अधिकारको दुरुपयोग गरी फाइदा लिनु नै भ्रष्टाचार हो । यो श्वेतग्रिवी अपराध हो । यसले सार्वजनिक नैतिकता, सार्वजनिक विश्वास र संस्थागत अनुशासनलाई धरासायी बनाउँछ । अझ स्पष्ट रुपमा भन्नुपर्दा भ्रष्टाचार समाजको रोग हो, सरकारी संयन्त्रको धमिरा हो, सभ्य नागरिकको लागि प्रदुषण हो । यसैले भ्रष्टाचारभित्र मूलभूत तीनवटा अपराध पर्छन् घुसखोरी, भ्रष्टाचार र अख्तियारको दुरुपयोग ।

यसलाई सरकारी अपराध पनि भन्ने गरिन्छ तर यसको विगविगी अर्धसरकारी, निजी, र गैरसरकारी क्षेत्रमा पनि उत्तिकै पाइन्छ, जुन सामाजिक विकास र रुपान्तरणको पर्खालको रुपमा रहिआएको छ ।

विकास सकरात्मक परिवर्तन सहितको वृद्धि हो, जुन आधुनिकीकरण तर्फ अग्रसरता, गतिशील परिवर्तन र नवप्रवर्तन सहितको उपलब्धिको समिश्रण हो । त्यस्तै, सामाजिक विकास अन्तर्गत आम सरोकारका विषयहरु शिक्षा, स्वास्थ्य, खानेपानी, सांस्कृतिक विकास र सम्बर्द्धन, सिमान्तकृत वर्गको उत्थान, रोजगारीको अवसर, आर्थिक र न्यायिक समानता, सहभागिता, सभ्य र स्वस्थ सामाजिक अन्तरसम्बन्धको विकास, सामजिक सक्षमता अभिवृद्धि, ग्रामीण जनताको परम्परागत जीवनशैलीमाबाट आधुनिकता तर्फको उन्मुखता, सामाजिक कल्याणजस्ता विषय र क्षेत्र समेटिन्छन । त्यस्तै, सामाजिक रुपान्तरण भन्नाले सामाजिक अवस्थामा आउने सकरात्मक परिवर्तन बुझिन्छ । सामाजिक परिवेश, कृयाकलाप, मूल्यमान्यता, सरोकार एवम् सम्बन्धहरुमा परिवर्तन आई एउटा अवस्थाबाट अर्को अवस्थामा पुग्ने प्रक्रिया वा प्रवृत्ति नै सामाजिक रुपान्तरण हो । जसअन्तर्गत सामाजिक संरचनामा समानतामा आधारित रुपान्तरण Horizontal society, सामाजिक बनावटमा परिवर्तन, सामाजिक व्यवहारमा रुपान्तरण, परम्परागत सामाजिक व्यवहार परिवर्तन, सामाजिक प्राथमिकतामा रुपान्तरण, सामाजिक विकासका प्राथमिकतामा परिवर्तन, सामजिक रहनसहनमा रुपान्तरण, विश्वव्यापीकरणको प्रभावसँगै सामजिक पद्धतिमा परिवर्तन, सामाजिक सम्बन्ध र सक्षमतामा रुपान्तरण, चेतना स्तरमा सुदृढीकरण जस्ता पक्षहरु रहेका हुन्छन ।

भ्रष्टाचार र हाम्रो समाज
सानो छँदाको सम्झना गर्दा पशुपति मन्दिरमा अलिक बढी भेटी दिएर अघि सर्न पाइन्थ्यो र गरिन्थ्यो । मन्दिरहरूमा आफ्नो पहुँच देखाएर भित्र छिरेका धेरै दृश्यहरू आँखासामु आउँछन् । बुद्ध पूर्णिमाको दिन लाम लागेर स्वयम्भूको आनन्दकुटी विहारमा दर्शन गर्न जाँदा विशिष्ट महानुभावहरू भनी स्वाट्ट छिरेर भिक्षुहरूले उल्टा अभिनन्दन गरेका दृश्यहरू पनि स्मरणमा आउँछन् । त्यसपछि हुर्किंदै गर्दा, आफूलाई पढाउने सर र मिसहरूले स्कुलको सट्टा ट्युसन चलाउन मन गरेको थाहा भयो । आम्दानी कम भएको समस्या देखाई अतिरिक्त आय हुने यस्ता स–साना स्रोतहरू उनीहरू खोज्थे । सरकारी अस्पतालमा जाँदा एक्सरे गर्न ठेगाना लेखिदिने, आँखा जँचाउन जाँदा चस्मा पसलको सिफारिस गर्ने र थोरै पैसा लिने गरेको पनि देखिएकै हो । दसैंमा बसको टिकट किन्न बढी पैसा तिर्नुपर्ने प्रथा गएको छैन । सिनेमा हेर्दा ब्ल्याक टिकेट किन्ने प्रथा समाजले स्वीकारेकै थियो । भनसुन गर्नुपर्ने, दाम हाल्नुपर्ने, समाजले स्वीकारेका चलन थिए । तसर्थ भ्रष्टचार जन्य व्यवहार र क्रियाकलापलाई पहिलेदेखिनै समाजले प्रश्रय दिँदै स्विकार्दै आएको देखिन्छ ।

समाजमा परिवर्तनसँगै भ्रष्टाचारका विधिहरू फेरिए, नियति फेरिएन । एउटै देशको जनताको आर्थीक स्थितिमा अन्तर ल्याउने कारक भ्रष्टाचार हो, यसका आर्थिक,सामाजिक, राजनैतिक तथा प्रशासनिकदेखि अन्य थुप्रै कारणहरु रहेका छन् ।

भ्रष्टाचारका कारणहरु:-
(१) आर्थिक कारण:
– मानिसमा धनप्रति मोह बड्दै जानु ।
– आयआर्जनले जिविकोपार्जन कठिन हुनु र गरिवीका कारण चोर बाटो समाउँदै जानु ।
– थोरै लगानी र समयमै छिटै धनी हुने चाहनाले गाँज्दै लैजानु ।
– सरकारी निगरानी कमजोर हुनु ।

(२) सामाजिक साँस्कृतिक कारण:
– सामाजिक रितिरिवाज वढी तडकभडक जन्य भएको ।
– समाज भ्रष्टाचारको मुकदर्शक देखिएको साथै जनचेतनाको अभाव भएको ।
– समाजले सम्पतिको स्रोेतलाई भन्दा स्वरुपलाई महत्व दिएको ।
– धार्मिक तथा नैतिक मुल्यमा ह्रास देखिएको ।

(३) राजनैतिक कारण :
– राजनैतिक नेतृत्व भ्रष्टाचारमा संलग्नरहेको पाईएको छ ।
– राजनैतिक दलको आयव्य पारदर्शी हुन सकेको छैन ।
– महालेखा परिक्षक, अख्तियार दुरुपयोग अनुसन्धान,
– आयोगका प्रमुख आयुक्त र आयुक्हरुको पदपुर्तिमा ढिलासुस्ति र राजनैतिक हस्तक्षेप देखिएको ।
– नीतिगत भ्रष्टाचार कारण स्वार्थ प्रेरित नीति बनेका छन र प्रतिवद्धताको कमि रहेको ।

(४) प्रशासनिक कारण:
– सरकारी कार्य पारदर्शी हुन सकेको छैन ।
– सार्वजनिक निकायका पदाधिकारीको सम्पति विवरण
– अद्यावधिक हुन सकेको छैन ।
– कानुनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
– जिम्मेवारि पन्छाउने, जवाफदेहि नहुने अवस्था देखिएको छ ।
– प्रकृया उन्मुख प्रणालीले गर्दा भ्रष्टाचार बडेको छ ।
– उच्चस्तरीय पदाधिकारीको अनैतिक साँढगाँढ, गढजोक गरेर भ्रष्टाचार हुने गरेको छ ।
– सरकारी अनुगमन, मुल्याङ्कन एवं निरिक्षण कमजोर देखिएको छ ।

(५) कमजोर संस्थागत व्यवस्थाः
– नियामक निकाय उपर सरकारको प्रत्यक्ष हस्तक्षेप
– राज्यको निगरानी निकायमा पदाधिकारी नियुक्त गर्दा दलिय भागवण्डा हुनेगरेको छ ।
– यस्ता निकायमा कर्मचारी सरुवा गर्ने काम सरकारकै नियन्त्रणमा रहेको छ ।
– अनुसन्धान मुल्यमा आधारीत नहुंदा भ्रष्टाचारी संरक्षित देखिएका छन् ।
– भ्रष्टाचार सम्वन्धि मुद्धाको कमजोर संचालनले विशेष अदालतमा दायर भएका मुद्धा धेरै असफल भएको पाइएको छ ।
– विशेष अदालतमा पनि एउटै प्रकृतिका मुद्धामा फरक फरक ढंगले फैसला हुने गरेको छ ।

(६) उच्चतम प्रविधिको अभाव:
– राजनीतिज्ञ एवं प्रशासकको कार्य सम्पादनमा यस्तो प्रविधि प्रयोग नहुनु ।

(७) अन्य कारणहरु:
– समाज भ्रष्टाचारको मुकदर्शक भएकाले ।
– कानुन जोडेर भ्रष्टाचार हुने भएकाले ।

सामाजिक रुपान्तरणका लागि सामाजिक विकास अपरिहार्य तत्व हो र सामाजिक विकासका लागि राज्यको छुट्टयाएको बजेट जनस्तरमा पुग्नु उत्तिकै आवश्यक छ। वर्तमान समयमा नेपलमा विकासका कार्यहरू जे जति मात्रामा बढ्दै गएका छन, त्यसको तुलनामा भष्टाचारजन्य कृयाकलापहरू दिन दुईगुना रात चौगुनाको दरले बढिरहेको छ । जसको सामाजिक विकास र रुपान्तरणमा पर्ने असर निम्नानुसार छन ।
– गरिव झन गरिव र धनि झन धनि बन्ने स्थिति
– न्यून आय
– प्राकृतिक साधन स्रोतको दुरुपयोग
– कमजोेर शुसासन
– गिर्दो प्रशासनिक मूल्यमान्यता
– खर्चिलो विकास निर्माण
– आर्थिक सामाजिक विकृति
– दण्डहीनता र शोषण आदि ।

भ्रष्टाचार सार्वजनिक पदमा बसेका व्यक्तिले राज्यलाई हानी हुने गरि कानुनका छिद्रता पहिल्याएर व्यक्तिगत फाइदाका लागि संगठित रुपमा मिलेर गर्ने आर्थिक अपराध हो जसले एकातिर सामाजिक विकासका विविध क्षेत्रमा ह्रास ल्याउँदछ भने अर्कोतिर भ्रष्टाचार गरि आर्जित गरेको धनलाई बैध बनाउन नेपालको राष्ट्रिय वा स्थानीय कानुनको पहुँचभन्दा बाहिर पठाउन पर्ने त्यसरी बाहिर पु¥याउन संगठित सञ्जालको सहयोग लिनुपर्ने हुनाले यसले अन्य अपराधलाई बढावा दिन्छ । त्यसरी लुकाइराखेको गैरकानुनी धनलाई बैध बनाउन बिथभचष्लन का विभिन्न चरण पार गर्दै बैध स्रोतबाट आएको देखाउन व्यक्ति सम्पत्ति सुद्दिकरण जस्तो अपराध गर्दछ । यसरी आएको आयले सामाजिक विकास र रुपान्तरणमा कस्तो प्रभाव पार्छ भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।

भ्रष्टाचार नियन्त्रणका उपायहरु
(१) निरोधात्मक उपायहरु:
– विद्यालयस्तरीय पाठ्यक्रममा भ्रष्टाचार विरोधि विषयवस्तु समावेश गर्ने ।
– आधुनिक विज्ञानका उपकरणको भ्रष्टाचार विरुद्ध उपयोग गर्ने ।
– (सम्पति विवरण अनुगमन ब्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने ।
– विभिन्न आवश्यक ठाउँमा निग्रानी संयन्त्र सशक्त पार्ने ।
– दवाब समुह मार्फत नियन्त्रण गर्ने ।
– नेतृत्व वर्गबाट उदाहरण प्रस्तुत भए अझ नैतिकता कायम गराउन मद्दत पुग्छ ।
– भ्रष्टाचार प्रमाणित व्यक्तिको नामावलि प्रकाशन गर्ने ।
– नैतिक शिक्षाको प्रचार प्रशार व्यापक गर्ने ।
– सरकारी काम कारबाही पारदर्शी र अनुगमन योग्य बनाउने ।
– दण्ड पुरष्कार ब्यवस्था कडाईका साथ कार्यान्वयन गर्ने
– भ्रष्टाचारका विषयमा कानुनले नसमेटेका क्षेत्र निजि क्षेत्रलाई समेट्ने ।
– भ्रष्टलाई सामाजिक बहिष्कार गर्ने भ्रष्टाचारका मुद्धामा माफी मिनाहा दिन बन्द गर्ने ।
– नीतिगत भ्रष्टाचार रोक्ने ।
– सामाजिक क्षेत्रमा भ्रष्टाचार विरोधि कार्य गर्ने

(२) उपचारात्मक उपाय:
– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जहाँसुकैबाट उजुर गर्न सक्ने तर सनाखत उजुरि नपर्ने प्रावधान राख्ने ।
– भ्रष्टाचार नियन्त्रण गर्ने संस्थागत संयन्त्रमा सुविधा सम्पन्न र प्रभावकारी तुल्याउने ।
– भौतिक निरिक्षण र लेखा परिक्षणवाट अनियमिता देखिएमा कारबाहि गर्ने ।
– सानातिना भ्रष्टाचार पनि नछोड्ने ।
– सम्पति बिवरण अद्यावधिक गर्ने ।
– भ्रष्टाचार अभियोगिलाई अनुसन्धान र गिरफतार गर्न पर्याप्त अधिकार दिने ।
– फरार व्यक्तिलाई कारवाही गर्ने कालो सुचिमा राख्ने
– सामाजिक वहिस्कार गर्ने, विद्युतिय संञ्चार मार्फत
– जानाकारी गराउने ।
– प्रर्याप्त कानुन निर्माण गर्ने ।
– सामाजिक डर पैदा गर्ने वातावरण बनाउने ।

(३) दण्डात्मक उपाय :
– उजुरी सुन्ने ।
– अनुसन्धान गर्ने ।
– ध्यानाकर्षण गराउने ।
– अभियोजन गर्ने ।
– विभागिय करवाहि गर्ने ।
– सचेत गराउने ।
– असुलउपर गर्ने ।
– दुष्परिणम सच्याउन तालुक निकायबाट आदेश दिने ।
– भ्रष्टाचार उपर सुन्य सहनसिलताको निती लिने ।
– प्रवद्धनात्मक उपाय
– भ्रष्टाचार विरुद्ध प्रचारप्रसार गर्ने
– सामुदायिक शिक्षा, सचेतना कार्यक्रम गर्ने ।
– अन्तरक्रिया गोष्ठी सञ्चालन गर्ने ।
– भ्रष्टाचार विरुद्ध स्थानिय समन्वय समिति गठन गर्ने ।
– संचार माध्यमबाट प्रचार प्रसार गराउने ।
– भ्रष्टाचार विरोधि सस्था, नागरिक समाज जस्ता
– गैरसरकारी सघं निकाय सँग सहकार्य गर्ने ।

निष्कर्ष
भ्रष्टाचार मानव सभ्यताको कलंक हो सरकारी संयन्त्रको धमिरा हो । विकासको तगारो हो, प्रजातन्त्र र सुशासनको अवरोध हो । नैतिकता, निष्ठा, इमानदारिता, उत्तरदाईत्व र पारदर्शीताको स्खलन हो । सामाजिक अपराध र सबैखाले अधर्म भन्दा पनि निकृष्ट कर्म हो । यसको नियन्त्रण विना देशविकाशको कल्पना मात्र पनि गर्न सकिदैन त्यसैले भ्रष्टाचार सरकार जनता कर्मचारी नागरिक समाज यसको विकास र रुपान्तरणका लागी समस्याको विषय हो ।
(लेखक अधिवक्ता हुनुहुन्छ ।)

 

images
प्रकाशित मिति :श्रावण ५, २०७७ सोमवार - १८:३८:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology