Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

दैनिकी न्यूज

२७, श्रावण २०७७
शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द
images

काठमाडौं । सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ।

कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

मन्त्रिपरिषदले गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै खतिवडाले भने, ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ।’

उनले काठमाडौं उपत्यका र दुईसयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर दिने सेवा प्रवाहका काम सकेसम्म घरबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

images
प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - १७:५३:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology