Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बिहीबार १२४६ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

बिहीबार १२४६ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

दैनिकी न्यूज

१, आश्विन २०७७
बिहीबार १२४६ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?
images

काठमाडौं । बिहीबार विभिन्न प्रयोगशालामा १० हजार ६४१ जनाको पिसिआर परीक्षण गर्दा थप १२४६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आजसम्म ८ लाख ८२ हजार ९१५ जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ५०७, भक्तपुरमा ५० र ललितपुरमा ६१ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८८३ जना रहेका छन् । त्यसैगरी संक्रमित सक्रिय संख्या १६ हजार २४१ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ८ हजार ३३८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार २४६ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ४२ हजार ९४९ छ ।

आइसीयूमा रहने कोरोना संक्रमित देशभर १८२ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ३९ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा कोरोनाले ४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३८३ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - १६:३१:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology