Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सोमबार ललितपुरमा थपिए ५८ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

सोमबार ललितपुरमा थपिए ५८ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

५, आश्विन २०७७
सोमबार ललितपुरमा थपिए ५८ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा सोमबार थप ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ५८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २८ जना महिला र ३० जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २२ जना महिला, २५ जना पुरुष गरी जम्मा ४७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका २ जना महिला, ५ जना पुरुष गरी ६ जना र गोदावरी नगरपालिकाका ५ जना महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १७ सय ३७ जना रहेको छ, जसमध्ये पुरुष ९६४ जना र महिला ७७३ जना रहेको छ ।

images
प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - २०:११:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology