ललितपुर । काठमाडौँ उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमति थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार ८ सय ९ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा सबैभन्दा बढी ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जनामा कोरोना पुष्टि भएको हो। ललितपुरमा आइतबार १ सय ४ जनामा संक्रमण देखिएको थियो । पछिल्लो दिन ललितपुरमा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।