Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

यी कुरा ख्याल नगर्दा हुन्छ मुटुरोग

यी कुरा ख्याल नगर्दा हुन्छ मुटुरोग

दैनिकी न्यूज

१३, आश्विन २०७७
यी कुरा ख्याल नगर्दा हुन्छ मुटुरोग
images

काठमाडौं । अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुुटुुरोगीका समस्या झनै थपिएका छन्।

मानिस आफ्नो स्वास्थ्यलाई भन्दा खानपानले गर्दा मुटुरोगको सिकार हुने गरेका छन् । स्वस्थ व्यक्तिले पनि मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै नसर्ने रोगको सिकार हुने गरेका खबर आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।

नसर्ने रोगमध्ये प्रमुख रूपमा मुटुरोग पर्दै आएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीले मानिसको आहार, व्यवहारले मुटुरोगको जोखिम बढाउने बताउछन्। चुरोट, खैनी, गुट्खा जस्ता पदार्थ नियमित सेवन गर्नाले मुटु रोगको सम्भावना बढाउने जानकारी दिँदै उनले यी वस्तुमा हुने निकोटिनले मुटुका धमनीलाई साँघुरो बनाउने र विस्तारै मुटुसम्बन्धी रोग लाग्ने बताए।

अस्वस्थकर खानपान तथा चुरोट बिँडीजस्ता पदार्थ नियमित सेवन गर्नाले मुटुलाई बढी बल परेर रक्तचाप बढ्छ। अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका कारण ‘ओभरवेट’ समस्यामा परेको अनुमान छ।

सामान्यतया एक जना स्वस्थ मानिसको बडी मास इन्डेक्स ९आईबीएम० १८।५ देखि २४।५ बीचमा हुनुपर्छ । योभन्दा बढी उचाइ र मोटाइमा आधारित शारीरिक नाप वा ३५ इन्चभन्दा मोटो कम्मर भएका महिला र ३४ इन्चभन्दा बढी कम्मर भएका पुरुषलाई ‘ओभरवेट’ मानिन्छ।

‘ओभरवेट’ महिला–पुरुष रक्तचाप र मधुमेह रोगको जोखिममा हुन्छन् । डा।रेग्मीले शारीरिक श्रम नगर्नेले व्यायामबाट मुटुरोगको जोखिम घटाउन सक्ने बताए। व्यायामले कोलस्टेरोललाई सन्तुलनमा राख्नका साथै रक्तचाप, सुगर र स्ट्रेसलाई पनि नियन्त्रित गर्ने भन्दै यसबाट फाइदा हुने उनको भनाई छ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा।भगवान कोइरालाले कोरोनाका कारण मुटुरोगी समस्यामा परेको बताए। अस्पतालमा आउने बिरामीको सङ्ख्या घटेको भन्दै उनले शल्यक्रिया गर्नुपर्ने बिरामी समेत कोरोनाका डरले अस्पताल आउन छाडेको जानकारी दिए। नसर्ने रोगमध्ये १८ प्रतिशत मुटुरोगको कारणले मानिसको मृत्यु हुने गरेको उनले जानकारी दिए।

हृदयाघातको लक्षणमा छातीमा असजिलो र पीडा हुने, असजिलो बढ्दै गएर हुने पीडा आरामले बस्दा पनि नघट्ने, त्यस्तो बेला छातीबीचको अघिल्लो हड्डी, पाखुरा, घाँटी र ढाडमा पनि असजिलोका साथै ढुकढुकी अनियमित हुने, पसिना आउने, वाकवाकी र बाडुली पनि लाग्ने हुन्छ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०६:४१:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology