काठमाडौं । बुधबार विभिन्न प्रयोगशालामा १२ हजार २०५ जनाको पिसिआर परीक्षण गर्दा थप १५५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बुधबारसम्म १० लाख २१ हजार ५०३ जनाको पिसिआर परिक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ४२८ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २० हजार ८९१ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ८०४ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १०५७ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ५६ हजार ४२८ छ ।
आइसीयूमा रहने कोरोना संक्रमित देशभर २०१ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ३० रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
२४ घण्टामा कोरोनाले ७ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।