काठमाडौं । बिहीबार विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पिसिआर परीक्षण गर्दा थप १९११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । बिहीबारसम्म १० लाख ३३ हजार ९४७ जनाको पिसिआर परिक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा ९४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ७७ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २१ हजार ८३० जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ११ हजार ७९ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ९६१ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ५७ हजार ३८९ छ ।
मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य छ।
आइसीयूमा रहने कोरोना संक्रमित देशभर २२० जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या २५ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
२४ घण्टामा कोरोनाले ११ जनाको ज्यान गएको छ, जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।