Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार कोरोना संक्रमतिले राख्यो नयाँ रेकर्ड, देशभर कति थपिए संक्रमित

शुक्रबार कोरोना संक्रमतिले राख्यो नयाँ रेकर्ड, देशभर कति थपिए संक्रमित

दैनिकी न्यूज

१६, आश्विन २०७७
शुक्रबार कोरोना  संक्रमतिले राख्यो नयाँ रेकर्ड, देशभर कति थपिए संक्रमित
images

काठमाडौं । शुक्रबार विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनाको पिसिआर परीक्षण गर्दा थप २७ सय २२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबारसम्म १० लाख ४८ हजार ६८६ जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् । योसँगै कोरोना भाइरसबाट कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा १६६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८८५ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २१ हजार २३४ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या ११ हजार ७६० जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३३०७ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ८२ हजार ४५० छ ।

मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा अहिले पाँच सयमाथि सक्रिय संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा र मुगुमा संक्रमितको संख्या शून्य छ।

आइसीयूमा रहने कोरोना संक्रमित देशभर २१० जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या २९ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा कोरोनाले ११ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १६:२७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology