Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शनिबार ललितपुरमा थपिए १०३ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

शनिबार ललितपुरमा थपिए १०३ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

१७, आश्विन २०७७
शनिबार ललितपुरमा थपिए १०३ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा बिहीबार थप १०३ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका र कोन्ज्योसोम गाउँपालिकाका विभिन्न स्थानका १०३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ४४ जना महिला र ५९ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ४० जना महिला, ५० जना पुरुष गरी जम्मा ९० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ३ जना महिला, ५ जना पुरुष गरी ८ जना, गोदावरी नगरपालिकाका १ जना महिला, ३ जना पुरुष गरी ४ जना र कोन्ज्योसोम गाउँपालिकाका १ पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या २८ सय ४० जना रहेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या १६ सय ७९ जना, मृत्यू हुनेको संख्या २५ जना पुगेको छ । त्यसैगरी ललितपुरमा संक्रिय संक्रमितको संख्या १ हजार १३६ जना रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - २०:१७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology