Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सोमबार २४ सय ४० जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

सोमबार २४ सय ४० जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

दैनिकी न्यूज

१९, आश्विन २०७७
सोमबार २४ सय ४० जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?
images

काठमाडौं । सोमबार विभिन्न प्रयोगशालामा १३ हजार ७८१ जनाको पिसिआर परीक्षण गर्दा थप २४ सय ४० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सोमबारसम्म १० लाख ८८ हजार २२९ जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा १५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ३३ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या १२ हजार ३१६ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ११ सय ३३ रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ६५ हजार २०२ जना रहेका छ ।

आइसीयूमा रहने कोरोना संक्रमित देशभर २४४ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ४३ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा कोरोनाले १९ जनाको ज्यान गएको छ, जसमा ५ महिला र १४ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १६:२७:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology