काठमाडौं । मंगलबार विभिन्न प्रयोगशालामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गर्दा थप १५ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । मंगलबारसम्म १० लाख ९९ हजार २७६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२१ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या १३ हजार ५९१ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २३ सय ४० जना रहेको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ६७ हजार ५४२ जना रहेका छ ।
आइसीयूमा रहने कोरोना संक्रमित देशभर २४३ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ४० रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
२४ घण्टामा कोरोनाले ९ जनाको ज्यान गएको छ, जसमा ४ महिला र ५ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।