Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार २ हजार ५९ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

शुक्रबार २ हजार ५९ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

दैनिकी न्यूज

२३, आश्विन २०७७
शुक्रबार २ हजार ५९ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?
images

काठमाडौं । शुक्रबार विभिन्न प्रयोगशालामा १३ हजार २७९ जनाको पिसिआर परीक्षण गर्दा थप २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा १४ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७०३ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या १५ हजार ८७७ जना रहेको छ । हालसम्म ११ लाख ४५ हजार २३७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १६ सय ८० रहको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ७३ हजार २३ जना रहेका छ ।

आइसीयूमा रहने कोरोना संक्रमित देशभर ३१८ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ७५ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा कोरोनाले १० जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - १६:२८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology