Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपालमा शनिबार एकैदिन कोरोना संक्रमित ५ हजार नाघे, उपत्यकामा कति ?

नेपालमा शनिबार एकैदिन कोरोना संक्रमित ५ हजार नाघे, उपत्यकामा कति ?

दैनिकी न्यूज

२४, आश्विन २०७७
नेपालमा शनिबार एकैदिन कोरोना संक्रमित ५ हजार नाघे, उपत्यकामा कति ?
images

काठमाडौं । शनिबार विभिन्न प्रयोगशालामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण गर्दा थप ५ हजार ८ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा २६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा। डा।जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसैगरी सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या १७ हजार १६४ जना रहेको छ । हालसम्म ११ लाख ६४ हजार ५५७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १२२९ रहेको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ७४ हजार २५२ जना रहेका छ ।

आइसीयूमा रहने कोरोना संक्रमित देशभर ३२१ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ७७ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

२४ घण्टामा कोरोनाले १४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७७ शनिवार - १६:३१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology