काठमाडौं । आईतबार विभिन्न प्रयोगशालामा १२ हजार ४२७ जनाको पिसिआर परीक्षण गर्दा थप २ हजार ७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आईतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा १४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ जनामा कोरोना पुष्टि भएको हो ।
देशभर ४ हजार ६१३ जना क्वारिन्टिनमा छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या १७ हजार ६६६ जना रहेको छ । हालसम्म ११ लाख ७६ हजार ९८४ जनाको पिसिआर परिक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २०७१ रहेको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ७५ हजार ८०४ जना रहेका छ ।
आइसीयूमा रहने कोरोना संक्रमित देशभर ३२९ जना र भेन्टिलेटरमा रहने संक्रमित बिरामीको संख्या ७६ रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
२४ घण्टामा कोरोनाले २२ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।