काठमाडौं । नेपालमा कोरोना संक्रमितको सङ्ख्या केही घट्न थालेको देखिएको छ । मंगलबार एकैदिन ३ हजार ५ सय ५६ जना संक्रमित देखिएको थियो । पछिल्लो २४ घन्टामा भने २ हजार ६ सय ३८ जना संक्रमित थपिएका छन् । परीक्षण घटेको कारण संक्रमित पनि घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको बताए। संक्रमित थपिएसँगै देशभरमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ पीसीआर परीक्षण भएसँग अहिलेसम्मको परीक्षणको संख्या १२ लाख २१ हजार ३८ पुगेको छ। यसैबिच आज थप २ हजार १७४ जना संक्रमित निको भएसँगै अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ। शनिबार पाँच हजार नाघेको संक्रमितको सङ्ख्या सोमबार ४ हजार ४७ पुगेको थियो । आइतबार भने परीक्षण नै घटाएपछी जम्मा २ हजार ७१ मा देखिएको थियो ।