Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बुधबार काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ? कति पुग्यो मृत्यु सङ्ख्या

बुधबार काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ? कति पुग्यो मृत्यु सङ्ख्या

दैनिकी न्यूज

२८, आश्विन २०७७
बुधबार काठमाडौं उपत्यकामा कति थपिए कोरोना संक्रमित ?  कति पुग्यो मृत्यु सङ्ख्या
images

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय ३ सहित नेपालमा २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र बुधबार १४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जनामा संक्रमण पुष्टि भएको हो ।

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८१९ जना रहेका छन् भने होम आइसोलेशनमा २१ हजार ५६८ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ६६६ जना छन्।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा ३०५ र भेन्टिलेटरमा ७० बिरामी रहेका छन् ।

बुधबार २१ सय ७४ जना डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८० हजार ९५४ पुगेको छ। यो कुल संक्रमितको ६८ दशमलव ६ प्रतिशत हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।

images
प्रकाशित मिति :आश्विन २८, २०७७ बुधवार - १६:५२:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology