Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

साढे १६ हजार परीक्षण गर्दा कति थपिए संक्रमित ? निको हुने सङ्ख्या बढ्यो

साढे १६ हजार परीक्षण गर्दा कति थपिए संक्रमित ? निको हुने सङ्ख्या बढ्यो

दैनिकी न्यूज

२९, आश्विन २०७७
साढे १६ हजार परीक्षण गर्दा कति थपिए  संक्रमित ? निको हुने सङ्ख्या बढ्यो
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरिएको १६ हजार ५ सय ३३ परीक्षणमा सो सङ्ख्या पोजिटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरमा थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको बताए। उनका अनुसार आज देशमा सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ। संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन्। पछिल्लो २४ घण्टामा थप १६ हजार ५९८ पीसीआर परीक्षण भएका छन्।। आज थप ३ हजार ५६४ जना संक्रमित निको भएका छन्। आजसम्म निको हुनेमा संख्या ८४ हजार ५१८ रहेकाे छ।

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - १६:४०:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology