Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार ४३ सय ९२ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

शुक्रबार ४३ सय ९२ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?

दैनिकी न्यूज

३०, आश्विन २०७७
शुक्रबार ४३ सय ९२ जना कोरोना संक्रमित थपिए, उपत्यकामा कति ?
images

काठमाडौं । शुक्रबार विभिन्न प्रयोगशालामा १६ हजार ५३१जनाको पिसिआर परीक्षण गर्दा थप ४३ सय ९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबारसम्म १२ लाख ५४ हजार १६७ जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामा २४०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ३९२ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना रहेकोमा छ । सक्रिय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको संख्या २५ हजार ४६ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ३५ सय २२ जना रहेको छ । हालसम्म डिस्चार्ज हुने जम्मा संख्या ८८ हजार ४० जना रहेका छ । हालसम्म नेपालमा १ लाख २६ हजार १३७ जना व्यक्ति कोरोना संक्रमित भैसकेको छ ।


२४ घण्टामा कोरोनाले २१ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १६:३१:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology