Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

कक्षा १२ को परीक्षा मिति सार्वजनिक

कक्षा १२ को परीक्षा मिति सार्वजनिक

दैनिकी न्यूज

५, कार्तिक २०७७
कक्षा १२ को परीक्षा मिति सार्वजनिक
images

भक्तपुर । कक्षा १२ को परीक्षाको मिति सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्न कार्यतालिका प्रकाशित गरेको हो । बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ । लोकसेवा आयोगले कोरोना संंक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गरेको बेला कक्षा १२ परीक्षा मिति प्रकाशित भएको हो ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - २२:०१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology