Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कक्षा १२ को परीक्षा मिति सार्वजनिक

कक्षा १२ को परीक्षा मिति सार्वजनिक

दैनिकी न्यूज

५, कार्तिक २०७७
कक्षा १२ को परीक्षा मिति सार्वजनिक
images

भक्तपुर । कक्षा १२ को परीक्षाको मिति सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्न कार्यतालिका प्रकाशित गरेको हो । बोर्डले बुधबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ । लोकसेवा आयोगले कोरोना संंक्रमण बढेको भन्दै सबै परीक्षा स्थगित गरेको बेला कक्षा १२ परीक्षा मिति प्रकाशित भएको हो ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - २२:०१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology