Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एस स्कुलको गैरजिम्मेवारीपनाका कारण दशैंमा अभिभावकलाई टाउको दुखाई

एस स्कुलको गैरजिम्मेवारीपनाका कारण दशैंमा अभिभावकलाई टाउको दुखाई

दैनिकी न्यूज

६, कार्तिक २०७७
एस स्कुलको गैरजिम्मेवारीपनाका कारण दशैंमा अभिभावकलाई टाउको दुखाई
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका अधिकांश मुलुकको अर्थतन्त्र ओराले लागेको छ । त्यसको सिधै असर नेपालमा पनि परेको छ ।

कोरोना भाइरसका कारण नेपालमा व्यापार व्यवसाय गर्ने अधिकांशको व्यापार व्यवसाय ठप्प बन्नुका साथै दैनिकी चलाउन समेत धाउधाउ परिरहेको छ । यस्तो अवस्थामा स्कुलको व्यवस्थापन पक्ष र अभिभावकबीच छलफल गरी स्कुल चल्ने वातावरण र अभिभावकले पनि आफ्ना नानीहरुलाई पढाउन सक्ने वातावरण बनाउनुपर्ने हो । तर, काठमाडौं उपत्यकाका केही स्कुलहरुले भने अभिभावकसँग छलफल गर्न नमानी उल्टै एकलौटी ढंगले पेलेर आफैले निर्धारण गरेको शुल्क तिर्न वाध्य पारेका छन् । वास्तवमा भन्ने हो भने अभिभावक र स्कुलको सम्बन्ध भनेको नङ र मासुको जस्तो हुनुपर्ने हो ।

विशेष गरी निजी स्कुलहरुले सामान्य अवस्थाको जस्तै शुल्क लिन अभिभावहरुलाई पत्र नै काटेर ताकेता गरेका छन् । यदि दशैं अगाडि स्कुलले तोकेको शुल्क अभिभावकले समयमै नबुझाए विद्यार्थीलाई अनलाइन क्लास नै ब्लक गर्ने भनी पत्र काट्नुले कोरोना भाइरसबाट व्यापार व्यवसाय डामाडोल भई दैनिक जीवनयापन गर्न धाउधाउ र दशैं कसरी मनाउने भन्ने बारेमा चिन्ता परिरहेको अवस्थामा झन् स्कुलले यस्तो पत्र काट्नुले अभिभावकलाई पीडामाथि झन् पिडा थपिएको छ ।

कोरोना भाइरसले मुलुककै आर्थिक अवस्था कमजोर बनिरहेको र सोको असर सिधै सर्वसाधारणलाई परिरहेको अवस्थामा काठमाडौंको गैरीगाउँस्थित एस स्कुलले अभिभावकलाई पत्र नै काटेर वार्षिक शुल्क २० हजार र मासिक शुल्क समयमा नबुझाए नोभेम्बर १ बाट क्लास नै बन्द गराउने चेतावनी दिएको छ ।

सो स्कुलको व्यवस्थापनलाई अभिभावकहरुले भेटेर स्कुल पनि चल्नुपर्ने र बच्चालाई पढाउने वातावरण पनि बन्ने गरी शुल्क निर्धारण गर्न अभिभावकहरले पटक—पटक आग्रह गर्दा पनि व्यवस्थापनले कानमा तेल हालेर बसी दशैंको मुखमा पत्र नै काटेर यसरी अभिभावक र बच्चाको भविष्यमाथि खेलवाड गर्ने स्कुलप्रति अभिभावकहरु भेला भई दशैंपछि लगत्तै स्कुल घेराउ गर्ने र त्यसपछि पनि स्कुलले पेलेर जान खोजे कानुनी रुपमा अगाडि बढ्ने अभिभावकहरुले दैनिकीन्युजलाई बताए ।

अभिभावकका अनुसार स्कुलको व्यवस्थापन समितिसँग अभिभावकहरुले अनलाइन क्लासको विषयमा छलफल गर्ने र सोही अनुसार शुल्कसमेत निर्धारण गर्ने विषयमा छलफल गर्न खोज्दा व्यवस्थापन समितिले आलटाल गर्दै बेवास्ता गर्दै आयो । स्कुलले एकलौटी ढंगले शुल्क निर्धारण गरेका कारण व्यवस्थापन र अभिभावकहरुबीच छलफल गरी शुल्क निर्धारण गरी शुल्क तिर्ने पक्षमा अभिभावकहरु थिए । तर, स्कुलले पत्र नै काटी दशैं अगाडि शुल्क नतिरेको खण्डमा नोभेम्बर १ बाट बच्चाको अनलाइन क्लास नै बन्द गर्ने चेतावनी दिएका कारण हामीहरु अब स्कुलको गैरजिम्मेवारीपनाको खिलाफमा कानुनी रुपमा अगाडि बढ्ने अभिभावकहरु बताउँछन् ।

 

images
प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - ११:११:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology