Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बिहीबार ३ हजार ६३७ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?

बिहीबार ३ हजार ६३७ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?

दैनिकी न्यूज

६, कार्तिक २०७७
बिहीबार ३ हजार ६३७ जना कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये १५५२ काठमाडौं उपत्यकका छन्, जसमा काठमाडौंका १२८३, ललितपुरका १५७ र भक्तपुरका ११२ जना छन् ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ ।

बिहीबार ३२ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ।

२४ घण्टामा २१ जनाको कोरोनाकै कारण मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या नेपालमा ८१२ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक ६, २०७७ बिहिवार - १६:३८:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology