Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर २८ सय ५६ जना कोरोना संक्रमित थपिए

आज देशभर २८ सय ५६ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

९, कार्तिक २०७७
आज देशभर २८ सय ५६ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । आज नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ। पछिल्लो २४ घण्टामा २८ सय ५६ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३५ जना कोरोना भाइरस ९कोभिड(१९०का संक्रमित थपिएका छन्। ६२९ महिला र ९०६ पुरुष गरी जम्मा १५ सय ३५ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता गौतमले जानकारी दिए।

४५ हजार ५७२ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ४५ हजार ५७२ जना छन् भने क्वारेन्टाइनमा ३ हजार ६४ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको छ। आइतबार ३३ सय ३६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ८ हजार ३३४ पुगेको छ।

आइसीयूमा २७७ जना र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८४७ जनाको मृत्यु भएको छ। आइतबार ५ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७७ आइतवार - १६:५६:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology