काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर कोरोना भाइरसका थप २ हजार ३६४ संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालाहरुमा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार ३६४ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ३८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् भने हालसम्म एक लाख २४ हजार ८६२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७५ दशमलव ५ प्रतिशत रहेको छ ।