Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उपत्यकामा थपिए एक हजार ६ सय १५ कोरोना संक्रमित

उपत्यकामा थपिए एक हजार ६ सय १५ कोरोना संक्रमित

दैनिकी न्यूज

१३, कार्तिक २०७७
उपत्यकामा थपिए एक हजार ६ सय १५ कोरोना संक्रमित
images

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६१५ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  जसमध्ये ७०४ महिला छन् भने ९११ पुरुष रहेका छन् ।

काठमाडौंमा हालसम्म १६ हजार ५२१ सक्रिय सक्रमित रहेका छन् भने २०९ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ७५ जना सक्रिय संक्रमित रहेका छन् भने ६१ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ४७० सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

 

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १८:०१:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology