Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अमेरिकाको राष्ट्रपतिमा बाइडन कि ट्रम्प ? कस्तो छ पछिल्लो नतिजा

अमेरिकाको राष्ट्रपतिमा बाइडन कि ट्रम्प ? कस्तो छ पछिल्लो नतिजा

दैनिकी न्यूज

२१, कार्तिक २०७७
अमेरिकाको राष्ट्रपतिमा बाइडन कि ट्रम्प ? कस्तो छ पछिल्लो नतिजा
images

एन्थनी जर्कर बिबिसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मतदान सम्पन्न भएको दुई दिन बितिसकेको छ तर अझै पनि यो प्रक्रियाले विजेताको टुङ्गो लगाइसकेको छैन। एक करोड ६० लाखभन्दा बढी अमेरिकीहरूको मत गन्ने कार्य जारी रहँदा धमिलो चित्र केही स्पष्ट हुन लागेको हो कि जस्तो देखिँदैछ। मिशिगन र विस्कन्सिनमा बाइडनको जित हुने प्रक्षेपण गरिएपछि अब अग्रताको लागि देशव्यापी दौड एरिजोना, नेभाडा, जोर्जिआ र पेन्सिल्भेनियामा आएर केन्द्रित भएको छ। बाइडनको पक्षमा २५३ इलेक्टरल कलेज मत देखिएको छ भने ट्रम्पको पक्षमा २१४ छ। पछिल्लो अवस्थालाई विचार गरेर सोझै भन्नुपर्दा बाइडनले अहिले एरिजोना र नेभाडामा जुन अग्रता पाएका छन् त्यसलाई कायमै राखे पुग्छ। त्यसो हुन सकेमा उनले २७० इलेक्टरल मत पुर्याउन सक्छन् जुन ह्वाइट हाउसमा पुग्ने जित हासिल गर्न आवश्यक न्यूनतम मत सङ्ख्या हो। बाइडनले एरिजोनामा आफ्नो अग्रतालाई टिकाएर राखेका छन् र त्यहाँ अझै हुलाकबाट पठाइएका केही मतपत्रहरूको गणना हुन बाँकी नै छ। नेभाडामा दुई उम्मेदवार बीचको मतको अन्तर केही हजार मतको मात्रै छ। त्यहाँ मतदाता प्रत्यक्ष उपस्थित भएर दिएका मतको सम्पूर्ण गणना सकिएको छ जुन रिपब्लिकनतर्फ ढल्किएको देखिन्छ तर हुलाकबाट प्राप्त मतपत्रहरू गन्न बाँकी छ जुन डेमोक्र्याटको पक्षमा जान सक्ने देखिन्छ। यसरी हेर्दा राष्ट्रपति पद तर्फको यात्रामा बाइडनको अगाडि रहेका अवरोध केही थोरै देखिन्छ। बाइडनको लागि जस्तै ट्रम्पले पनि उनले हाल अग्रता लिइरहेका बाँकीका महत्त्वपूर्ण राज्यहरूमा त्यसलाई कायमै राख्नु पर्छ। त्यो भनेको पेन्सिल्भेनिया र जोर्जिआ हो। त्योसँगै रिपब्लिकनहरूले माथि बाइडनको सन्दर्भमा उल्लेख गरिएका कम्तीमा एउटा राज्यमा उनको अग्रतालाई परास्त गर्न सक्नुपर्छ। नेभाडामा प्रतिस्पर्धा एकदम निकटको देखिन्छ। उक्त राज्यको नतिजा ट्रम्पको पक्षमा जान ठूलो उथलपुथलको आवश्यकता नपर्न पनि सक्छ। यदि त्यहाँ निर्वाचनको दिनको छाप लागेको तर ढिलो गरी हुलाकबाट प्राप्त मतपत्रहरू हाल अनुमान भैरहेको जस्तो डेमोक्र्याटहरूको साटो रिपब्लिकन वा ट्रम्प समर्थक स्वतन्त्र उम्मेदवारहरूको पक्षमा परेको देखिएमा राष्ट्रपति को बन्ला भन्ने परिदृश्य एकदमै उज्यालो बन्न सक्छ। एरिजोनामा पनि ट्रम्पको पक्षमा जित हुन सक्ने सम्भावना रहेको देखिन्छ। नेभाडामा जस्तै त्यहाँ पनि हुलाकबाट आएका मतपत्रहरूको सूचीकरण गर्न बाँकी छ। नेभाडाको दाँजोमा एरिजोना बाइडनको अग्रता ठूलो छ तर त्यहाँ ठूलै उथलपुथल नहोला भन्न सकिन्न।

images
प्रकाशित मिति :कार्तिक २१, २०७७ शुक्रवार - १०:४०:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology