Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कक्षा १२ को प्रश्न पत्र छपाइ शुरु

कक्षा १२ को प्रश्न पत्र छपाइ शुरु

दैनिकी न्यूज

२३, कार्तिक २०७७
कक्षा १२ को प्रश्न पत्र छपाइ शुरु
images

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पूर्णरुपमा इन्टरनेट सेवा चालू नभएका जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मासहितको टोलीले शुक्रबारबाट प्रश्नपत्र छपाइ शुरु गरेको हो ।

बोर्डले कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका करिब २५ जिल्लाका लागि प्रश्नपत्र छपाइ शुरु गरेको हो । इन्टरनेटको समस्या भएका जिल्लाका लागि छुट्टै प्रश्नपत्र छपाइ गरेको बोर्डले जनाएको छ । तिहार अघिसम्म छपाइ सक्ने योजनासहित परीक्षा नियन्त्रक शर्माको टोली जनक शिक्षामा प्रवेश गरेको हो ।

बोर्डले यो वर्ष साढे १ घण्टाका लागि तय गरेको परीक्षाको प्रश्नपत्र फरकफरक सेटको हुनेछ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले मूल विषयका करिब ६ सेट प्रश्न तयार गरिएको जानकारी दिनुभयो ।

बोर्डले पूर्व, पश्चिम, हिमाली र उपत्यकालगायत जिल्लाका लागि छुट्टै प्रश्नपत्र तयार गरेको जनाएको छ । मंसिर ९ देखि १६ गतेसम्मका लागि तय गरेको परीक्षामा ४ हजार १ सय ५ विद्यालयमा परीक्षा हुनेछ ।

बोर्डले ती केन्द्रमा परीक्षा सञ्चालन हुनु आधा घण्टा अघि मात्र इमेलमार्फत प्रश्नपत्र पठाउनेछ । सबै केन्द्रमा कोड नम्बरको व्यवस्था गरेकाले परीक्षा हुनु आधा घण्टाअघि कोड नम्बर प्राप्त भएपछि मात्रै प्रश्नपत्र हेर्न सकिनेछ ।

इमेलमा आएको प्रश्नपत्र फोटोकपी गरेर विद्यार्थीलाई दिने व्यवस्था गरिएको छ । फोटोकपी गर्न असम्भव भए प्रश्नहरु बोर्डमा लेख्ने सकिनेसमेत व्यवस्था छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - ०८:३९:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology