Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

निरन्तर घट्दै कोरोनाका सक्रिय संक्रमित, यस्तो छ पछिल्लो अवस्था

निरन्तर घट्दै कोरोनाका सक्रिय संक्रमित, यस्तो छ पछिल्लो अवस्था

दैनिकी न्यूज

२३, कार्तिक २०७७
निरन्तर घट्दै कोरोनाका सक्रिय संक्रमित, यस्तो छ पछिल्लो अवस्था
images

काठमाडौं । नेपालमा कोरोना संक्रमण भएका सक्रिय संख्या घट्न थालेको छ । कात्तिकको पहिलो हप्ता ४० हजार सक्रिय संक्रमित पुगेकोमा पछिल्लो दिन सो संख्या ह्वात्तै घट्न थालेको हो । कोरोना निको हुने संख्या बढेपछि सक्रिय संक्रमित पनि घट्न थालेका हुन् । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार आइतबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् । यस्तै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना पुगेको छ । याेसँगै देशभर सक्रिय काेराेना संक्रमितकाे संख्या ३५ हजार ४ सय १९ रहेकाे छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर विधिबाट १५ लाख ४० हजार ७७ परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइसोलेसनमा रहनेको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - १८:४४:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology