Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? हेर्नुस् पछिल्लो २४ घण्टाको अपडेट

नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? हेर्नुस् पछिल्लो २४ घण्टाको अपडेट

दैनिकी न्यूज

२४, कार्तिक २०७७
नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? हेर्नुस् पछिल्लो २४ घण्टाको अपडेट
images

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना छन् भने ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए । यसैगरी कोरोनाबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । पछिल्लो दिन कोरोनाको कारण मृत्यु हुने संख्या ह्वात्तै बढेको छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - १७:०१:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology