Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज २५ सय ६९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई लाख नाघ्यो

आज २५ सय ६९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई लाख नाघ्यो

दैनिकी न्यूज

२६, कार्तिक २०७७
आज २५ सय ६९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई लाख नाघ्यो
images

काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा २५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थप २५ सय ६९ जना थपिएसँगै संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको जानकारी दिए। जसमध्ये १ लाख ६२ हजार २४३ जनाले कोरोना जितेका छन् ।

काठमाडौं उपत्यकामा १२ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १२६१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । आज थपिएका नयाँ संक्रमित काठमाडौंका ९७६ जना, ललितपुरका २०४ जना र भक्तपुरका ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १६ सय ६६ जनाले कोरोना जितेका छन्  । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा १० हजार ५१९ जना र होम आइसोलेसनमा २८ हजार ३९३ जना रहेका छन् । क्वारेन्टाइनमा १ हजार १०९ छन्।

२४ घन्टामा १० हजार ८१ पीसीआर नमूना परीक्षण गरिएको छ। ३८२ जनाको आइसीयूमा र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - १६:३८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology